भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

कुलमान पछिहटे, बक्यौता नर्तिने उद्योगमा पठाइयो विद्युत

कुलमान पछिहटे, बक्यौता नर्तिने उद्योगमा पठाइयो विद्युत

काठमाडौं । बक्यौता नर्तिने उद्योगमा पुन लाइन दिएको छ । विद्युत प्राधिकरणबीच मिलानको विषयमा चर्किएको विवाद मत्थर हुने अवसर आएको छ । बक्यौता दावी गर्दै आएको प्राधिकरणले उद्योगीहरुबाट जसरी पनि रकम उठाउने अडान लिँदै आएको थियो ।

प्राधिकरणले बक्यौता तिर्न बाँकी रहेका उद्योगहरुको विद्युत समेत काट्यो ।तर उद्योगीहरु पनि विनाप्रमाणको बक्यौता नतिर्ने भन्दै आफ्नै अडानमा रहेका थिए । त्यसपछि ‘डेडिकेडेट फिडर’ र ‘ट्रंक लाइन’मार्फत विद्युत उपभोग गर्ने ग्राहक र प्राधिकरणबीचको विवादले उग्र रुप लिने अवस्था आयो ।

शुक्रबार प्राधिकरणले काटेको विद्युत पुनः आपूर्ती गर्ने भएपछि अव यो विषय मत्थर भएको छ । प्राधिकरण सञ्चालक समितिको बैंठकले उपभोग गरेबापतको महसुल बक्यौता भएका ग्राहकहरूको विद्युत लाइन जोडिदिने निर्णय गर्यो ।

यसअघि मन्त्रिपरिषद बैठकले लाइन काटिएका उद्योगहरुमा बिजुली जोडिदिन प्राधिकरणलाई निर्देशन दिने निर्णय गरेको थियो । मन्त्रिपरिषद बैठकको निर्णयसम्बन्धी सो पत्र ऊर्जा मन्त्रालयबाट प्राधिकरणमा आएको थियो । तर प्राधिकरणले तत्काल विद्युत नजोडिदिने अडान लियो । हाल सतहमा आएको विद्युतको महसुल विवाद २०७५ सालदेखिकै हो ।

 


Thali Mobile Pvt.Ltd.