भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

वरिष्ठ पत्रकार भैरव रिसालको सम्झनामा भक्तपुरमा स्मृतिसभा सम्पन्न

वरिष्ठ पत्रकार भैरव रिसालको सम्झनामा भक्तपुरमा स्मृतिसभा सम्पन्न

भक्तपुर । नेपाली पत्रकारिता क्षेत्रको एक समर्पित नाम, वरिष्ठ पत्रकार भैरव रिसालको सम्झनामा सोमबार भक्तपुरमा स्मृतिसभा सम्पन्न भएको छ। पत्रकार समाज नेपालको आयोजनामा सम्पन्न स्मृतिसभामा स्वर्गीय पत्रकार रिसालको राजनीतिक, सामाजिक तथा पत्रकारिता क्षेत्रमा पु¥याएको योगदानबारे चर्चा गरिएको थियो ।

भक्तपुरबाट प्रकाशन हुँदै आएको श्रमिक साप्ताहिक र मजदुर दैनिकमा स्तम्भकारको रूपमा लामो समय योगदान पुर्‍याएका रिसालको स्मृतिमा आयोजित कार्यक्रममा सहभागीहरूले उनको लेखनले मुलुकका श्रमिक र सीमान्तकृत वर्गको पक्षमा उठाएको आवाजको प्रशंसा गरेका थिए ।

कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले, रिसालको कलम सधैं जनताको पक्षमा चल्थ्यो। उनी विचारका अडिग र कर्मका इमानदार पात्र भएको बताउनुभयो ।

पार्टीका सचिव तथा संघीय सांसद् प्रेम सुवालले उनको योगदानको वर्णन गर्दै सिसालका लेखहरू सरल खालका भएको र समाज परिवर्तनमा पत्रकारहरुको भूमिका चर्चा गर्नुभयो ।

राजनीतिक यात्राको चर्चा

रिसाल २०४८ सालको आमनिर्वाचनमा नेपाल मजदुर किसान पार्टीको तर्फबाट प्रतिनिधिसभा निर्वाचनमा भक्तपुर क्षेत्र नं। २ बाट उम्मेदवार बनेका थिए। त्यसबेला उनले नेपाली कांग्रेसका उम्मेदवार जग्गनाथ आचार्यसँग झिनो मतान्तरले पराजय भोगेका थिए। यो उम्मेदवारी उनको राजनीतिक जागरण र श्रमिक हितको पक्षमा उभिएको निरन्तर संघर्षको प्रतीकका रूपमा स्मरण गरिएको थियो।

स्मृतिसभामा भावुक क्षणहरू

कार्यक्रममा सहभागी पत्रकारहरू, पुराना सहकर्मी र मित्रहरूले रिसालसँग बिताएका पलहरू सम्झँदै भावुक भएका थिए। उनका लेखनशैली, विषयवस्तु छान्ने दृष्टिकोण र विचारको स्पष्टतालाई सबैले स्मरण गरे।

 


Thali Mobile Pvt.Ltd.