भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक | हिमनदी पग्लिने गति बढ्दा भारतमा बढ्यो विपद् र आर्थिक जोखिम, १८९ हिमताल उच्च जोखिममा | भोटेकोशी बाढीको कृषि क्षेत्रमा ठूलो असर, पशुधनमै १ अर्ब ११ करोडभन्दा बढी क्षति | बाढी प्रभावित क्षेत्रमा असोजभित्रै सडक सञ्चालन गर्ने सरकारको तयारी, आठ कार्यदल परिचालन | भोटेकोशी बाढीपछि स्थानीय तहका जनप्रतिनिधिले भने– सङ्घीय सरकारको साथ प्रभावकारी रह्यो | सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै |

जाजरकोटमा फेरि भूकम्पः साढे ७ घण्टाको फरकमा दुई पटक कम्पन

जाजरकोटमा फेरि भूकम्पः साढे ७ घण्टाको फरकमा दुई पटक कम्पन

काठमाडौं । पछिल्ला केही दिनदेखि भूकम्पको गतिविधिले सताइरहेको जाजरकोटमा सोमबार राति र मङ्गलबार बिहान साढे ७ घण्टाको अन्तरमा दुई वटा भूकम्प गएको छ। लगातार भूकम्प गइरहेका कारण स्थानीयवासीमा त्रास फैलिएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सोमबार राति ९ः३१ बजे जाजरकोटको कुशे गाउँपालिका–पैंक केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो। त्यसको करिब साढे ७ घण्टापछि मङ्गलबार बिहान ४ः ५३ बजे पुनः सोही स्थानमा ४.४ म्याग्निच्युडको अर्को भूकम्प गएको हो। यद्यपि, पछिल्लो भूकम्पबाट कुनै मानवीय वा भौतिक क्षति भएको विवरण अहिलेसम्म प्राप्त नभएको केन्द्रले जनाएको छ।

अघिल्लो महिना पनि गएका थिए शक्तिशाली झट्का

यसअघि चैत २१ गते साँझ ८ः ०७ र ८ः १० बजे सोही क्षेत्रलाई केन्द्रबिन्दु बनाएर ५.२ र ५.५ म्याग्निच्युडका दुई शक्तिशाली भूकम्प गएका थिए। ती भूकम्पका कारण केही घरहरूमा सामान्य क्षति पुगेको थियो, यद्यपि ठूलो जनधनको क्षति भएको विवरण आएको थिएन।

पश्चिम नेपालमा भूकम्पीय गतिविधि तीव्र

पछिल्लो समय पश्चिम नेपालका विभिन्न भागमा साना–साना भूकम्प गइरहेका छन्। चैत २० गते दार्चुलामा ४.० म्याग्निच्युडको भूकम्प गएको थियो भने चैत १२ गते हुम्ला केन्द्रबिन्दु भएर ४.५ म्याग्निच्युडको कम्पन महसुस गरिएको थियो।

भूकम्पविद्हरूका अनुसार यी साना भूकम्पहरू ती क्षेत्रको भूकम्पीय सक्रियताको संकेत हुन्। स्थानीयवासीलाई सतर्क रहन र आवश्यकता अनुसार आपतकालीन तयारी राख्न सुझाव दिइएको छ।

 


Thali Mobile Pvt.Ltd.