भर्खरै : Sorry, your browser does not support inline SVG.
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सुरु, विश्वका प्रमुख चुनौतीमा सहकार्यको आह्वान | भोटेकोशी बाढी : ५ हजार १३२ जना अझै सम्पर्कविहीन, मृतकको सङ्ख्या १ हजार ३६७ पुग्यो | भारतमा महिलाको पेटबाट १३ कलम, ५ चम्चा र मैनबत्ती निकालियो | शहीदका सालिकप्रति परिवारजनको आपत्ति, जेनजी स्मृति पार्क उद्घाटन नगरी फर्किए गृहमन्त्री | डढेलो र अत्यधिक गर्मीले विश्वभर वायु प्रदूषणको जोखिम बढाउँदै, स्वास्थ्यमा गम्भीर असरको चेतावनी | रसुवा बाढीबाट सिक्नुपर्ने पाठ | बागमती नदीमा जलसतह सतर्कता तह पार, आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह | भोटेकोशी बाढी : १ हजार ३६४ जनाको शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता |

नेत्र भण्डारी र पूर्णकला बीसीको स्वरमा नयाँ लोकगीत ‘मेरो को छ र’ सार्वजनिक

नेत्र भण्डारी र पूर्णकला बीसीको स्वरमा नयाँ लोकगीत ‘मेरो को छ र’ सार्वजनिक

काठमाडौं, ८ असार । नेपाली लोकसंगीतको सांगीतिक संसारमा नयाँ स्फूर्ति थप्दै, अनुभवी कलाकारहरूको समुहले “मेरो को छ र” नामक लोकगीत बजारमा ल्याएको छ। पूर्णकला बीसीको आधिकारिक युट्युब च्यानलमार्फत सबैका लागि सार्वजनिक गरिएको हाे ।

यो गीतमा पूर्णकला बीसी र नेत्र भण्डारीको मन छुने आवाजले मायाप्रेमका अनगिन्ती रंगहरू उजागर गरेका छन्। नन्दु परियारको सुरिलो लय र प्रकाश खड्का ‘काजी’को शब्दहरूले गीतलाई गहिरो अर्थ प्रदान गरेका छन् । गीतको म्युजिक एरेन्ज, मिक्सिङ र मास्टरिङ HBN किस्मतले तयार गरेका हुन् भने रेकर्डिङ 1DB HD Next Level Studio मा गरिएको छ।

“मेरो को छ र” को भिडियोलाई चर्चित कलाकार स्मृति तिमिल्सिनाले निर्देशन तथा कोरियोग्राफीमा जीवन्तता भरेकी छिन्। भिडियोमा टिका जैशी र रमेश बिश्वकर्माले प्रेम र पीडाका भावहरू यथार्थपरक रूपमा अभिव्यक्त गरेका छन्। राजेश घिमिरेको सिनेमाटोग्राफी, नविन घर्ती मगरको सम्पादन तथा कलरिङले गीतको सांगीतिक र दृश्यात्मक सौन्दर्यलाई उत्कृष्ट तहमा पुर्‍याएका छन्।

स्रष्टाहरू यस गीतलाई लोकसंगीतको अर्को सशक्त कलात्मक कोशेढुंगाको रूपमा लिएकाे छ । “मेरो को छ र”- गीत, जसले प्रेमको कथा मात्र होइन, माया र पीडाको गहिरो अनुभूतिको झल्को समेटेको छ ।

 


Thali Mobile Pvt.Ltd.