भर्खरै : Sorry, your browser does not support inline SVG.
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सुरु, विश्वका प्रमुख चुनौतीमा सहकार्यको आह्वान | भोटेकोशी बाढी : ५ हजार १३२ जना अझै सम्पर्कविहीन, मृतकको सङ्ख्या १ हजार ३६७ पुग्यो | भारतमा महिलाको पेटबाट १३ कलम, ५ चम्चा र मैनबत्ती निकालियो | शहीदका सालिकप्रति परिवारजनको आपत्ति, जेनजी स्मृति पार्क उद्घाटन नगरी फर्किए गृहमन्त्री | डढेलो र अत्यधिक गर्मीले विश्वभर वायु प्रदूषणको जोखिम बढाउँदै, स्वास्थ्यमा गम्भीर असरको चेतावनी | रसुवा बाढीबाट सिक्नुपर्ने पाठ | बागमती नदीमा जलसतह सतर्कता तह पार, आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह | भोटेकोशी बाढी : १ हजार ३६४ जनाको शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता |

उद्यम गर्नेलाई नेपालमै प्रचूर सम्भावना: सांसद सुरेन्द्रराज गोसाई

उद्यम गर्नेलाई नेपालमै प्रचूर सम्भावना: सांसद सुरेन्द्रराज गोसाई

काठमाडौं, ८ असार । नेपाल हस्तकला क्षेत्र विशेषगरी ऊनी उद्योगमा अपार सम्भावना रहेको बागमती प्रदेश सांसद सुरेन्द्रराज गोसाईले बताउनुभएकाे छ । उहाँले सरकारको सहजीकरण मात्र भएमा पनि उद्यमीहरूले चमत्कार गर्न सक्ने बताउनुभएकाे हाे ।

सांसद गोसाईले हालै काठमाडौंस्थित एभरेस्ट ह्यान्डिक्राफ्टको उत्पादन कक्षको आकस्मिक अवलोकन गर्दै संस्थापक महेश, मजदुर, कालीगड तथा कर्मचारीहरूसँग भलाकुसारी गर्दै भन्नुभयाे “सरकारले त डिस्टर्ब नगरे पुग्छ, उद्यमीहरूले आफैं देश बनाउन सक्छन्।”

सञ्चालकका अनुसार उद्योग लगातार १२–१३ वर्षदेखि देशकै नं. १ ऊनी हस्तकला सामग्री निर्यातकर्ता बन्न सफल भएको  यो वर्ष पनि निरन्तरता कायम रहनेमा विश्वस्त रहेको जनाएका छन्।

उद्योगले उत्पादन गर्ने सामग्रीहरू विशेषगरी संयुक्त राज्य अमेरिका, युरोप, क्यानडा, अष्ट्रेलिया र पछिल्लो समय चीनमा निर्यात हुँदै आएको छ भने आवश्यक ऊन नेदरल्यान्डबाट आयात गरिन्छ।

उद्योगमा करिब २ हजार श्रमिक प्रत्यक्ष रूपमा कार्यरत छन् भने थप २ हजार अप्रत्यक्ष रोजगारीमा संलग्न रहेको जानकारी पाएकाे सांसद गाेसाइले बताउनुभयाे । सबैभन्दा उल्लेखनीय पक्ष भनेको ९० प्रतिशतभन्दा बढी महिला श्रमिक कार्यरत रहनु हाे । 

सांसद गोसाईले भन्नुभयाे, “यो उद्योगको हरेक कुना-कन्दराको सरसफाइ, व्यवस्थापन, र कर्मचारीहरूको अनुहारमा देखिएको आत्मीयता कुनै तारे होटल वा स्कुल–कलेजलाई पनि जित्ने खालको छ।”

उहाँले यस्तो व्यवस्थित, महिला–मैत्री र निर्यातमुखी उद्योग नेपालको सम्भावना र क्षमताको उत्कृष्ट नमुना भएको उल्लेख गर्दै राज्यले यस्ता उद्योगप्रति विशेष संरक्षण र प्रोत्साहन दिनुपर्नेमा जोड दिनुभयाे । 

 


Thali Mobile Pvt.Ltd.