भर्खरै : Sorry, your browser does not support inline SVG.
स्वास्थ्य मन्त्रालयमा यौन दुर्व्यवहारविरुद्ध कडा आचारसंहिता, उजुरी परेको ७ दिनभित्र छानबिन गर्नुपर्ने | घुस लिएको भिडियो सार्वजनिक भएपछि बाँकेका दुई ट्राफिक प्रहरी निलम्बित | दूधको मूल्य प्रतिलिटर ८० रुपैयाँ पुर्‍याउन किसानको माग, उत्पादन लागत बढेको गुनासो | बोडेको होल्डिङ सेन्टरमा सुकुमबासीलाई खाना खान रोक, सडकमै बसेर भोजन गर्न बाध्य | न्युजिल्यान्डमा त्रिशङ्कु संसद् : सरकार बनाउन प्रधानमन्त्री लक्सनलाई सात सिटे दलको साथ चाहिने | रविपछि राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रधानमन्त्री बालेन, भारत भ्रमणबारे दिए जानकारी | पूर्वमन्त्री मातृका यादवका नाति ठगी आरोपमा पक्राउ, १३ लाख ७० हजारभन्दा बढी रकम लिएको जाहेरी | अमेरिकामा शक्तिशाली आँधीको वितण्डा : ९ लाखभन्दा बढी घरमा विद्युत् अवरुद्ध, हजारौँ उडान प्रभावित |

भारतबाट मेवा ल्याउँदै गरेको मिनी ट्रक त्रिशूलीमा खस्दा दुई घाइते

भारतबाट मेवा ल्याउँदै गरेको मिनी ट्रक त्रिशूलीमा खस्दा दुई घाइते

मुख्य बुँदागत सारांश :

  • भारतबाट मेवा ल्याउँदै गरेको मिनी ट्रक त्रिशूली नदीमा खस्यो।

  • दुर्घटना चितवनको नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा मंगलबार राति भयो।

  • गाडी करिब ८० मिटर तल त्रिशूली नदीको किनारमा खसेको प्रहरीको जानकारी।

  • चालक आशिक यादव (२१) र सहचालक उत्तर सिंह (२०) घाइते।

  • घाइतेहरूको उपचार भरतपुर अस्पतालमा भइरहेको छ, अवस्था सामान्य।

  • दुर्घटनाको कारण प्रारम्भिक रूपमा गाडी अनियन्त्रित भएको अनुमान।

चितवन, ३२ असार । चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर–२९ स्थित सिमलतालमा भारतबाट मेवा बोकेर आउँदै गरेको एक भारतीय मिनी ट्रक त्रिशूली नदीमा खस्दा दुई जना घाइते भएका छन्। दुर्घटना मंगलबार राति करिब १०:३० बजे भएको हो।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार, लखनउ (भारत) बाट काठमाडौंतर्फ मेवा बोकेर आउँदै गरेको यूपी ३२ जेटएन ७८८३ नम्बरको आइचर मिनी ट्रक अनियन्त्रित भई करिब ८० मिटर तल त्रिशूली नदीको किनारमा खसेको हो।

दुर्घटनामा ट्रक चालक २१ वर्षीय आशिक यादव र सहचालक २० वर्षीय उत्तर सिंह घाइते भएका छन्। घाइतेहरूलाई तत्काल उद्धार गरी भरतपुर अस्पतालमा भर्ना गरिएको छ। अस्पतालले दुवै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको जनाएको छ।

प्रहरी नायब उपरीक्षक रविन्द्र खनालका अनुसार, प्रारम्भिक अनुसन्धानमा सडकबाट गाडीको नियन्त्रण गुमेपछि दुर्घटना भएको अनुमान गरिएको छ। ट्रकमा रहेको मेवा र गाडी दुवैमा क्षति पुगेको छ।

 


Thali Mobile Pvt.Ltd.