भर्खरै : Sorry, your browser does not support inline SVG.
सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित | सम्पत्ति छानबिन आयोगको वैधानिकतामाथि सर्वोच्चमा सुनुवाइ, आयोगको अस्तित्वमै प्रश्न | ३ दिन उच्च सतर्कता! काठमाडौं उपत्यकासहित पूर्वी नेपालका साना नदीमा आकस्मिक बाढीको चेतावनी | काठमाडौंमा अक्सिजन सिलिन्डर विस्फोटको दुःखद घटना, पैदलयात्रीको घटनास्थलमै मृत्यु | जलवायु संकटको नयाँ संकेत! भूमध्य सागरको तापक्रमले तोड्यो सबै रेकर्ड, जुनमै पुग्यो २६.६३°C | त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन, उपचारकै क्रममा ज्यान गयो |

अर्घाखाँचीको धनचौरमा पहिरोले पुरिँदा दुई जनाको मृत्यु

अर्घाखाँचीको धनचौरमा पहिरोले पुरिँदा दुई जनाको मृत्यु

मुख्य बुँदागत सारांश :

  • अर्घाखाँचीको भूमिकास्थान–१० धनचौरमा पहिरोको कारण एक दम्पतीको मृत्यु।

  • मृतक ६६ वर्षीय गोबिन्द बुढामगर र उनकी श्रीमती श्यामकला बुढामगर।

  • दुवै जना घाँस काट्न र चिउरी टिप्न गएका थिए।

  • समयमै नफर्किएपछि परिवारले प्रहरीलाई खबर गरेको।

  • शव सुक्खा पहिरोले पुरिएको अवस्थामा फेला।

  • प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ।

अर्घाखाँची, ३२ असार । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–१० धनचौर, तल्लोपाकुमा पहिरोले पुरिँदा एक दम्पतीको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार, ६६ वर्षीय गोबिन्द बुढामगर र उनकी श्रीमती श्यामकला बुढामगरको पहिरोले पुरिएर ज्यान गएको हो।

घटना मंगलबार साँझ भएको हो। उनीहरू घाँस काट्न र चिउरी टिप्न नजिकैको रोजा तुसारेपानी गएका थिए। तर बेलुकासम्म घर नफर्किएपछि आत्मीयजनले प्रहरीमा जानकारी दिएका थिए।

प्रहरी र स्थानीयको खोजीपछि दुवै जनाको शव सुक्खा पहिरोले पुरिएको अवस्थामा फेला परेको हो। जिल्ला प्रहरी कार्यालयका डिएसपी चक्रबहादुर मल्लका अनुसार, घटनाबारे थप अनुसन्धान भइरहेको छ।

 


Thali Mobile Pvt.Ltd.