भर्खरै : Sorry, your browser does not support inline SVG.
क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च | धनुषामा कपडाको पेटीमा लुकाएको १३ लाख ६५ हजार रुपैयाँसहित भारतीय नागरिक पक्राउ | विश्वकर्मा पूजामा भद्रकालीमा बिहानैदेखि श्रद्धालुको भीड, सवारीसाधन र औजारको पूजा | नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम | जन्मभूमिको पीडाले जापानबाट नेपाल तान्यो डंगोललाई, १५० बाढीपीडित परिवारलाई नगद राहत | भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा |

कानूनी व्यवस्था अनुसार सुर्तीजन्य वस्तुको विज्ञापन वा प्रायोजन नगर्न मन्त्रालयको आग्रह

कानूनी व्यवस्था अनुसार सुर्तीजन्य वस्तुको विज्ञापन वा प्रायोजन नगर्न मन्त्रालयको आग्रह

काठमाण्डौ । सुर्तीजन्य वस्तुको विज्ञापन वा प्रवर्द्धन नगर्न स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मेला, महोत्सव तथा जात्राका नाममा विज्ञापन नगर्न आग्रह गरेको हो ।

कानूनी व्यवस्था अनुसार सुर्तीजन्य वस्तुको विज्ञापन वा प्रायोजन गर्न पाइँदैन । यही कुरा स्मरण गराउँदै मन्त्रालयले कानून विपरीत सुर्तीजन्य वस्तुको विज्ञापन वा प्रवर्द्धन गरेको पाइएमा कानून बमोजिम कारबाही हुने जनाएको छ ।

मन्त्रालयले कहीँ कतै सुर्तीजन्य वस्तुको विज्ञापन वा त्यस्ता उत्पादकले प्रायोजन गरेको पाइएमा ‘हेलो स्वास्थ्य कल सेन्टर १११५’ जानकारी गराउन आग्रह गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले विज्ञप्ति निकालेर केही मेला, महोत्सव र जात्रामा सुर्तीजन्य वस्तुको उत्पादक संलग्नता भएकोप्रति ध्यानाकर्षण भएको भन्दै त्यस्ता मेला, महोत्सव र जात्रामा सुर्तीजन्य पदार्थको विज्ञापन वा प्रवर्द्धन नगर्न आग्रह गर्नुभएको हो ।

 


Thali Mobile Pvt.Ltd.