भर्खरै : Sorry, your browser does not support inline SVG.
मुख्य राजमार्गहरूमा बाढी–पहिरोको कहर, कतै सडक बन्द त कतै एकतर्फी सञ्चालन | काभ्रेमा पानीको स्रोत जोगाउन ‘पानी–पुनजीर्वित कार्यक्रम’ सञ्चालन | युक्रेन युद्धको विरोध गर्ने रुसी विपक्षी नेता श्लोसबर्गलाई ११ वर्ष जेल | ग्यासका लागि घण्टौँ लाइन, पैसा तिर्‍यो तर बिल पाएनन् उपभोक्ता | जापानिज इन्सेफलाइटिसबाट ६३ संक्रमित, १६ जनाको मृत्यु, अधिकांश मृतकले खोप नलगाएको पुष्टि | दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारको टोली गठन, आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान | चिनीको भाउ एक महिनामै २० रुपैयाँसम्म बढ्यो, अभावको हल्लाले उपभोक्ता त्रसित | मकवानपुरमा मुख्य न्यायाधीश डाँगीको परिवार सवार स्कोर्पियो दुर्घटना |

ईयू बाट आउने सामानमा तत्काल २५ प्रतिशत कर लगाउने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी

ईयू बाट आउने सामानमा तत्काल २५ प्रतिशत कर लगाउने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी

एजेन्सी । ईयू बाट आउने सामानमा तत्काल २५ प्रतिशत कर लगाउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चेतावनी दिएका छन् । अमेरिकाले लगाउने यो अनुचित अतिरिक्त महसूलको आफूले दृढताका साथ अनि तत्कालै प्रतिक्रिया जनाउने ईयूले जनाएको छ ।

कारलगायत अन्य सबै सामानमा तत्काल कर घोषणा गर्ने दाबी गरेका छन् । बैठकमा ट्रम्पले मेक्सिको र क्यानडामाथि अहिले रोक्का रहेको अतिरिक्त महसूल फेरि केही समयलाई रोक्ने सम्भावना रहेको उल्लेख गरेको छ ।

अहिले युरोपियन देशले अमेरिकी कारमा १० प्रतिशत भन्सार महसूल लगाएका छन् । यो अमेरिकाले यसअघि युरोपबाट जाने यात्रुवाहक कारमा लगाएको भन्दा चार गुणा बढी हो ।

यसमा समयसीमा तोकिएको भए पनि ट्रम्पले आउने दिनमा सीमा सुरक्षामा मेक्सिको र क्यानडाले चाल्ने कदमहरू हेरेर यसमाथि पुनर्विचार गर्ने बताइएको छ ।

 


Thali Mobile Pvt.Ltd.