भर्खरै : Sorry, your browser does not support inline SVG.
मुख्य राजमार्गहरूमा बाढी–पहिरोको कहर, कतै सडक बन्द त कतै एकतर्फी सञ्चालन | काभ्रेमा पानीको स्रोत जोगाउन ‘पानी–पुनजीर्वित कार्यक्रम’ सञ्चालन | युक्रेन युद्धको विरोध गर्ने रुसी विपक्षी नेता श्लोसबर्गलाई ११ वर्ष जेल | ग्यासका लागि घण्टौँ लाइन, पैसा तिर्‍यो तर बिल पाएनन् उपभोक्ता | जापानिज इन्सेफलाइटिसबाट ६३ संक्रमित, १६ जनाको मृत्यु, अधिकांश मृतकले खोप नलगाएको पुष्टि | दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारको टोली गठन, आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान | चिनीको भाउ एक महिनामै २० रुपैयाँसम्म बढ्यो, अभावको हल्लाले उपभोक्ता त्रसित | मकवानपुरमा मुख्य न्यायाधीश डाँगीको परिवार सवार स्कोर्पियो दुर्घटना |

त्रिशुलीमा बेपत्ता दुईवटा बस खोज्न सशस्त्र प्रहरीका गोताखोर तथा नेपाल प्रहरीका पाँच सय बढी सुरक्षाकर्मी खटिए

त्रिशुलीमा बेपत्ता दुईवटा बस खोज्न सशस्त्र प्रहरीका गोताखोर तथा नेपाल प्रहरीका पाँच सय बढी सुरक्षाकर्मी खटिए

चितवन । त्रिशूली नदीमा खसेका दुई वटा बस अझै फेला परेका छैनन्। भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालबाट शुक्रबार बिहान साढे तीन बजे नदीमा खसेका दुई वटा बस फेला पर्न सकेका छैनन् । आतबारदेखि घटनास्थल र तल तिर सबै सम्भावित स्थानहरूसँगै देवघाटमा समेत खोजी कार्य जारी गरिएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ ।

शुक्रबार र शनिबार दिनभरको प्रयासपछि पनि फेला नपरेपछि आइतबार बिहानैदेखि खोजी कार्य सुरु भएको छ। खोजी कार्यको लागि नेपाली सेना र सशस्त्र प्रहरीका गोताखोर तथा नेपाल प्रहरी गरि पाँच सय बढी सुरक्षाकर्मी खटिएका छन्  । शनिबार बेपत्ता यात्रीमध्ये तीनजनाको शव भेटिएको छ।

नवलपरासीको गैँडाकोटमा फेला परेका दुवै शवको पहिचान खुलेको छ। गैँडाकोटस्थित नारायणी नदी किनारमा शनिबार फेला परेको शव चितवन माडिका २२ वर्षीय विकास परियार र सर्लाही वरहथावा १९ वर्षीय रमित कुशर माझीको रहेको जिल्ला प्रशासन कार्यलय चितवनले जनाएको छ। परियारको भरतपुरबाट काठमाडौँ जाने क्रममा दुर्घटनामा परेका थिए।

दुईवटा बस फेला नपरेपछि ठुलो चुम्बक (म्याग्नेट) को प्रयोग गरिने भएको छ। जिल्ला प्रशासन कार्यालय चितवनले एक सूचना जारी गरी अब ठूलो म्याग्नेटको सहायताले खोजी गरिने जानकारी दिएको हो। घटना भएको दुई दिनसम्म पहिरोले बस खसेको ठाउँ वरपर बाँसका भाटा, एन्कर हुक, गोताखोर, ड्रोन, वाटर ड्रोन, बाइनाकुलर टेलिस्कोपको सहायताले खोजी गरे पनि बस नभेटिएपछि ठूलो म्याग्नेटको सहायताले खोजी गर्न लागिएको हो।

शुक्रबार काठमाडौंबाट गौर जाँदै गरेको बागमती प्रदेश ०३–००१ख २४९५ नम्बरको बस र वीरगञ्जबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०३–००६ख १५१६ नम्बरको बस भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरोमा परी त्रिशूलीमा खसेका थिए।

काठमाडौंबाट गौर आउँदै गरेको बसमा सवार २७ जना र वीरगञ्जबाट काठमाडौं जाँदै गरेको बसमा सवार २४ जना थिए। शनिबार पश्चिम चितवनको मेघौली गोलाघाटस्थित नारायणी नदीमा भेटिएको शव बसका यात्रु ऋषि पाल साहले बोकेको भारतीय आधार कार्डको आधारमा पहिचान खुलेको थियो।

 


Thali Mobile Pvt.Ltd.