भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने | लगानीको शब्दबाट विश्व शक्तिको मोर्चासम्म : कसरी बदलिँदैछ ‘ब्रिक्स’को प्रभाव ? | बाढीले बगाएको देवीघाटको पुल पाँच दिनमै पुनर्निर्माण, सबै प्रकारका गाडी चल्न थाले | विदेशी लगानीकर्ताको रोजाइमा सूचना प्रविधि, ७२७ परियोजनामा लगानी प्रतिबद्धता | भोटेकोशी बाढीको असर : ५ जिल्लाका १५ पालिकामा १६ हजारभन्दा बढी घरधुरी प्रभावित | कंगोमा दुई विद्यालयमा भीषण आगलागी, भागदौडमा २९ विद्यार्थीको मृत्यु | रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ |

‘चाँगुनारायण सिटी एभोकाड़ो सिटी अभियान’ नगरकोट पुग्यो, भ्रमण वर्ष लक्षित क्रियाकलाप बढ्दै

‘चाँगुनारायण सिटी एभोकाड़ो सिटी अभियान’ नगरकोट पुग्यो, भ्रमण वर्ष लक्षित क्रियाकलाप बढ्दै

भक्तपुर । ‘चाँगुनारायण सिटी, एभोकाड़ो सिटी अभियान’ अन्तर्गत यो वर्ष पनि ३४ हजार एभोकाडोको विरुवा निःशुल्क वितरण भईरहेको छ । भक्तपुरको चाँगुनारायण नगरपालिका क्षेत्रका पुरातात्विक एवं एतिहासिक क्षेत्रमा गत वर्षदेखि संचालित यो अभियान यो वर्ष भ्रमण वर्ष लक्षित भएको छ । वर्षायाममा मात्र विरुवा रोप्ने कार्यक्रम गर्दै आएको यस अभियानले गत वर्ष करिब ७ हजार एभोकाड़ोको विरुवा वितरण गरेको थियो ।

यो वर्ष वडा नम्बर १, ३, ६ र ७ नम्बर वडामा गरी करिब ३ हजार बिरुवा वितरण गरि सकिएको छ । भदौंसम्म विरुवा बाढ्ने क्रम चलिरहने अभियानका संयोजक नरेश खड्काले बताए । शुक्रवार बिहान झरी परिरहेको थियो । नगरकोट हुस्सुले भरिएको थियो । तर झरीको कुनै प्रवाह नगरी वडा नं ६ का वडावासी एभोकाडोको विरुवा लगिरहेका थिए भने अभियान्ता भिज्दै विरुवा वितरण गरिहेका थिए ।

चाँगुनारायण नगरपालिका वडा नं. ६ नगरकोट पुगेका अभियन्तालाई स्थानीयले न्यानो स्वागत समेत गरेका थिए । अभियानलाई अझ ससक्त बनाएर सबै वडाबासीको घरमा दुई वटा विरुवा वितरण गरिएको वडा नम्बर ६ का वडाध्यक्ष धनबहादुर लामाले बताए । उनकै नेतृत्वमा स्थानीयले अभियन्तालाई स्वागत गरेका थिए । सो अवसरमा अभियानका परिकल्पनाकार डिपी ढकालले प्रदेशको माटो सुहाउदो विरुवा वितरणका कार्य भएपनि चाँगुनारायणलाई एभोकाडो सिटीमा रुपान्तरण गर्न र नगरवासीको आयआर्जनमा टेवा पुग्ने भएकाले अभियान थालेको बताए ।

अभियानमा संयोजक नरेश खड्का, अभियान्ता सुनिल गोठे बासु, दिनेश खनाल, चण्डिका लामिछाने, नरेश रंजित, राजु कुटु, मदन ढुंगाना, राजेश्वरी शिल्पकार, गीता राजथला, अमृता संजेल, मदन श्रेष्ठ, सुनिल नेम्हाफुकी, सोनिया ठकुरी, धर्म थिङ्ग, राजेश नेपाल, हरिशरण तिमल्सिना, प्रयास लामा, रोहित मोक्तान, रामकुमार बुढाथोकी लगायतकाको सहभागिता रहेको थियो ।

नगरकोटको भट्टेडाँडामा आयोजित विरुवा वितरण कार्यक्रममा वडाध्यक्ष धनबहादुर लामाले सरकारी स्तरमा संचालन गर्नुपर्ने काम अभियन्ताहरुको सामुहिक पहलमा गरिएकोमा उत्साहित भएर स्थानीयको नेतृत्व गरेको अभियानका प्रवक्ता संजीप घिमिरेले बताए । यस अभियानले चाँगुनारायणको बातावरण संरक्षण र सम्वृद्धिमा समेट टेवा पुग्ने अभियान्ताको भनाइ छ । आफ्नो अनुकूलतामा पर्यावरण र आर्थिक उपार्जनका लागि नागरिक स्तरमै अभियान संचालन हुदा यस क्षेत्रका नागरिक पनि खुसी भएका छन् ।

 


Thali Mobile Pvt.Ltd.