भर्खरै : Sorry, your browser does not support inline SVG.
बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ | बाढीपीडितको राहत र पुनर्स्थापनामा एकजुट हुन राष्ट्रपति पौडेलको आह्वान | त्रिशूली–१ को सुरुङमा फेरि भेटिए ११ शव, खोजी कार्य जारी | संविधानका अधिकार नागरिकले महसुस गर्ने गरी कार्यान्वयन गर्नुपर्छ : मुख्यमन्त्री थापा | संविधान कार्यान्वयनमा सरकार इमानदार भएर अघि बढ्छ : प्रधानमन्त्री बालेन | भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने |

प्रधानमन्त्री ‘प्रचण्ड’ स्वदेश फिर्ताः समकक्षी मोदीलाई नेपाल भ्रमणको निम्तो

प्रधानमन्त्री ‘प्रचण्ड’ स्वदेश फिर्ताः समकक्षी मोदीलाई नेपाल भ्रमणको निम्तो

काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो भारत भ्रमणले दुई छिमेकी देशबीचको सम्बन्धलाई आपसी समानता र लाभका आधारमा थप सबल बनाउन भूमिका खेलेको बताउनुभएको छ ।

भारतका नवनियुक्त प्रधानमन्त्री नरेन्द्र मोदीको तेस्रो कार्यकालको शपथग्रहण समारोहमा सहभागी भएर हिजो बेलुका स्वदेश फर्कनुभएका प्रधानमन्त्री ‘प्रचण्ड’ ले त्रिभुवन विमानस्थलमा द्विपक्षीय संयन्त्रसमेतका माध्यमबाट आपसी हितका लागि सहयोग र सहकार्य बढाउने गरी प्रधानमन्त्री मोदीसँग छलफल भएको बताउनुभयो ।

भ्रमणका क्रममा भएका भेटवार्तामा दुई देशबीच विगतमा भएका सहमति र सम्झौता कार्यान्वयन गर्ने, सबै संयन्त्रलाई परिचालन गर्ने, संयन्त्रमार्फत् नै सीमा समस्याको समाधान खोज्ने, पञ्चेश्वर र अरुण आयोजना एवम् कृषि क्षेत्रमा सहकार्यलगायतका विषयमा गम्भीर छलफल भएको उहाँको भनाई छ ।

प्रधानमन्त्री ‘प्रचण्ड’ भारतीय समकक्षी मोदीको शपथग्रहण समारोहमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतवार नयाँदिल्ली जानुभएको थियो । शपथग्रहण समारोहपछि प्रधानमन्त्री ‘प्रचण्ड’ र समकक्षी मोदीबीच छोटो भेटवार्ता भएको थियो ।

प्रधानमन्त्री प्रचण्डले समकक्षी मोदीलाई नेपाल भ्रमणको निम्तोसमेत दिनुभएको छ । त्यस्तै भारतका राष्ट्रपति द्रोपदी मुर्मूसँग ‘प्रचण्ड’ ले हिजो शिष्टाचार भेटवार्ता गर्नुभएको थियो । रासस

 


Thali Mobile Pvt.Ltd.