भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

दुई हतियारधारी समूहले गोली प्रहार गरी सुनको सिक्री र ब्रासलेट लुटपाट

दुई हतियारधारी समूहले गोली प्रहार गरी सुनको सिक्री र ब्रासलेट लुटपाट

महोत्तरी। एक युवकमाथि महोत्तरीमा गोली प्रहर भएको छ । सोमबार गोली प्रहार गरी सुनको सिक्री लुटपाट गरिएको प्रहरीले जनाएको छ । कम्मरमा गोली लागेर घाइते भएका युवकलाई उपचारको लागि जनकपुर लगिएको प्रहरीले जनाएको छ ।

महोत्तरीको गौशाला नगरपालिका–११ भरतपुर बस्ने ३० वर्षीय मुरारी भनिने विनय कुमार महतोमाथि मरहा खोलामा गोली प्रहार गरी सुनको सिक्री लुटपाट गरिएको हो । घटनास्थलमा दुईवटा गोली भेटिएको छ । गोली प्रहरी गर्नेको प्रहरीले खोजी गरिरहेको जनाएको छ ।

यता, गौशाला बजार जाँदै गर्दा मरहा खोलामा मोटरसाइकलमा आएका दुई हतियारधारी समूहले गोली प्रहार गरी सुनको सिक्री र ब्रासलेट लुटपाट गरेको स्थानीयको भनाई छ ।

 


Thali Mobile Pvt.Ltd.