भर्खरै : Sorry, your browser does not support inline SVG.
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सुरु, विश्वका प्रमुख चुनौतीमा सहकार्यको आह्वान | भोटेकोशी बाढी : ५ हजार १३२ जना अझै सम्पर्कविहीन, मृतकको सङ्ख्या १ हजार ३६७ पुग्यो | भारतमा महिलाको पेटबाट १३ कलम, ५ चम्चा र मैनबत्ती निकालियो | शहीदका सालिकप्रति परिवारजनको आपत्ति, जेनजी स्मृति पार्क उद्घाटन नगरी फर्किए गृहमन्त्री | डढेलो र अत्यधिक गर्मीले विश्वभर वायु प्रदूषणको जोखिम बढाउँदै, स्वास्थ्यमा गम्भीर असरको चेतावनी | रसुवा बाढीबाट सिक्नुपर्ने पाठ | बागमती नदीमा जलसतह सतर्कता तह पार, आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह | भोटेकोशी बाढी : १ हजार ३६४ जनाको शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता |

मनसुन कमजोर हुँदै, कोशी–कर्णाली र सुदूरपश्चिमका थोरै ठाउँमा वर्षाको सम्भावना

मनसुन कमजोर हुँदै, कोशी–कर्णाली र सुदूरपश्चिमका थोरै ठाउँमा वर्षाको सम्भावना

काठमाण्डौ, २२ असोज। आज कोशी, कर्णाली र सुदूरपश्चिमका थोरै ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार दिउँसो कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा मौसम साधारणतया बदली रहने र बाँकी तराइ भागमा आंशिक बदली रहने सम्भावना छ। देशका पहाडी भागका थोरै ठाउँ तथा तराइका एक/दुई स्थानमा दिउँसो मेघगर्जनसहित मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ।

महाशाखाले जनाएको अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुको प्रभाव छ भने अरु क्षेत्रमा मनसुनी र स्थानीय वायुको कमजोर प्रभाव रहेको छ। गएराति नवलपरासीको बर्दघाट आसपासका क्षेत्रमा मध्यम वर्षा भएको थियो। त्यस्तै कर्णाली, सुदूरपश्चिमका केही ठाउँ र गण्डकी, बाग्मती तथा कोशी प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा भएको महाशाखाले जनाएको छ।

गएको जेठ १५ मा पूर्वबाट नेपाल भित्रिएको मनसुन असोज २० गतेदेखि बाहिरिन थालेको हो। यसवर्षको मनसुन सुदूरपश्चिम, कर्णाली तथा लुम्बिनी प्रदेशको पश्चिमी भागका धेरै स्थान र गण्डकी प्रदेशको पश्चिमी भागका केही स्थानबाट पहिले नै बाहिरिएको छ।

मौसम पूर्वानुमान महाशाखाले भनेको छ, “मनसुनी वायू क्रमशः कमजोर हुँदै गएको छ र बाँकी भागबाट पनि मनसुन बाहिरिने क्रममा छ।” महाशाखाले मनसुन बहिर्गमन प्रक्रियाको लगातार अनुगमन गरिरहेको र यससम्बन्धी जानकारी अद्यावधिक गर्दै जाने जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.