भर्खरै : Sorry, your browser does not support inline SVG.
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सुरु, विश्वका प्रमुख चुनौतीमा सहकार्यको आह्वान | भोटेकोशी बाढी : ५ हजार १३२ जना अझै सम्पर्कविहीन, मृतकको सङ्ख्या १ हजार ३६७ पुग्यो | भारतमा महिलाको पेटबाट १३ कलम, ५ चम्चा र मैनबत्ती निकालियो | शहीदका सालिकप्रति परिवारजनको आपत्ति, जेनजी स्मृति पार्क उद्घाटन नगरी फर्किए गृहमन्त्री | डढेलो र अत्यधिक गर्मीले विश्वभर वायु प्रदूषणको जोखिम बढाउँदै, स्वास्थ्यमा गम्भीर असरको चेतावनी | रसुवा बाढीबाट सिक्नुपर्ने पाठ | बागमती नदीमा जलसतह सतर्कता तह पार, आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह | भोटेकोशी बाढी : १ हजार ३६४ जनाको शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता |

विश्व बैंकको अनुमान : नेपालको आर्थिक वृद्धिदर घट्दै, यो वर्ष २.१ प्रतिशतमा सीमित हुने

विश्व बैंकको अनुमान : नेपालको आर्थिक वृद्धिदर घट्दै, यो वर्ष २.१ प्रतिशतमा सीमित हुने

मुख्य बुँदा

विश्व बैंकको “साउथ एशिया डेभलपमेन्ट रिपोर्ट” सार्वजनिक,

चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर २.१ प्रतिशत हुने प्रक्षेपण,

आगामी वर्ष २०८३/८४ मा वृद्धिदर ४.७ प्रतिशत पुग्ने अपेक्षा,

जेनजी आन्दोलन र शासनप्रतिको असन्तुष्टि आर्थिक सुस्तीकै कारण,

भष्ट्राचार र कमजोर व्यावसायिक वातावरणले विकासमा अवरोध,

विश्वव्यापी आर्थिक सुस्ती, सामाजिक अशान्ति र एआई प्रविधिले श्रम बजारमा चुनौती,

सेवा क्षेत्रबाट रोजगारीमा उल्लेखनीय वृद्धि, व्यापार सम्झौताले निजी लगानी बढाउने सम्भावना।

काठमाण्डाै, २१ असाेज । विश्व बैंकले चालू आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर २ दशमलव १ प्रतिशत हुने प्रक्षेपण गरेको छ। विश्व बैंकले आज सार्वजनिक गरेको साउथ एशिया डेभलपमेन्ट रिपोर्ट अनुसार, आर्थिक वर्ष २०८२/८३ मा नेपालको वृद्धिदर २.१ प्रतिशत र त्यसपछिको वर्ष २०८३/८४ मा ४.७ प्रतिशत पुग्ने अनुमान गरिएको हो।

भर्खरै भएको ‘जेनजी आन्दोलन’ र त्यसको असरलाई समेत ध्यानमा राख्दै बैंकले यो प्रक्षेपण गरेको प्रतिवेदनमा उल्लेख छ। यसअघि बैंकले चालू आर्थिक वर्षमा ५.२ प्रतिशत र आगामी वर्षमा ५.५ प्रतिशत वृद्धिदर हुने अनुमान गरेको थियो, तर पछिल्ला राजनीतिक र सामाजिक घटनाक्रमपछि उक्त अनुमान घटाइएको हो।

विश्व बैंकले हालका आन्दोलनलाई शासन प्रणालीप्रतिको असन्तुष्टि र देशभित्र अवसरको अभावका रूपमा अर्थ्याएको छ। प्रतिवेदनमा भनिएको छ — “भष्ट्राचार, कमजोर शासन र व्यावसायिक वातावरण बन्न नसक्दा नेपालमा विकासको गति सुस्त छ।”

साथै, विश्वव्यापी आर्थिक सुस्ती, व्यापार नीतिबारे अनिश्चितता, सामाजिक अशान्ति र कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिले श्रम बजारमा ल्याउने चुनौतीलाई विश्व बैंकले प्रमुख जोखिमका रूपमा औंल्याएको छ।

 तर प्रतिवेदनका अनुसार, सेवा क्षेत्रमा तुलनात्मक रूपमा कम शुल्क भएका कारण विगत दशकमा रोजगारीको तीन चौथाइ वृद्धि भएको छ। चरणबद्ध रूपमा शुल्क घटाएर व्यापार सम्झौता विस्तार गर्न सके निजी लगानी र रोजगारी दुवै बढ्न सक्ने उल्लेख गरिएको छ।विश्व बैंकका अनुसार दक्षिण एशियाको समग्र आर्थिक वृद्धि यस वर्ष ६ दशमलव ६ प्रतिशत रहने अपेक्षा गरिएको छ।

 


Thali Mobile Pvt.Ltd.