भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

यो वर्ष मनसुन छिटो भित्रिने 

यो वर्ष मनसुन छिटो भित्रिने 
काठमाडौं ।   यो वर्ष मनसुन छिटो भित्रिने सङ्केत देखिएको छ । भारतमा औसतभन्दा अगाडि नै मनसुन भित्रिएकाले नेपालमा पनि छिटो भित्रिने संकेत देखिएको मौसमविदले बताएका छन् । भारतमा मनसुन भित्रिएको एक हप्तादेखि १० दिनसम्ममा नेपाल भित्रिने गर्छ । भारतमा हिजो मनसुन भित्रिसकेकाले अबको एक हप्तादेखि १० दिनभित्र नेपालमा पनि मनसुन भित्रिने सम्भावना रहेको मौसमविद सरोज पुडासैनीले जानकारी दिए ।
यो वर्ष करिब एक हप्ताअघि नै मनसुन भारतको आसाम भित्रिएकाले नेपालमा पनि एक हप्ताअघि नै मनसुन भित्रिने सम्भावना बढेको छ । मनसुन भित्रिन कम्तिमा एक हप्ता लाग्ने भएकाले तापक्रम अझै बढ्ने मौसमविदको भनाइ छ ।
अहिले नेपालको मौसममा स्थानीय वायु, पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको बिहार आसपास रहेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी, बाग्मती र गण्डकी प्रदेशका थोरै ठाउँहरु तथा मधेश प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भेगका  एक, दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

 


Thali Mobile Pvt.Ltd.