भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने | लगानीको शब्दबाट विश्व शक्तिको मोर्चासम्म : कसरी बदलिँदैछ ‘ब्रिक्स’को प्रभाव ? | बाढीले बगाएको देवीघाटको पुल पाँच दिनमै पुनर्निर्माण, सबै प्रकारका गाडी चल्न थाले | विदेशी लगानीकर्ताको रोजाइमा सूचना प्रविधि, ७२७ परियोजनामा लगानी प्रतिबद्धता | भोटेकोशी बाढीको असर : ५ जिल्लाका १५ पालिकामा १६ हजारभन्दा बढी घरधुरी प्रभावित | कंगोमा दुई विद्यालयमा भीषण आगलागी, भागदौडमा २९ विद्यार्थीको मृत्यु | रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ |

मकवानपुरमा मुख्य न्यायाधीश डाँगीको परिवार सवार स्कोर्पियो दुर्घटना

मकवानपुरमा मुख्य न्यायाधीश डाँगीको परिवार सवार स्कोर्पियो दुर्घटना

मकवानपुर, २ भदौ । उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जमा कार्यरत मुख्य न्यायाधीश गोकर्ण डाँगी र उनको परिवार सवार स्कोर्पियो मकवानपुरमा दुर्घटनामा परेको छ।

प्रहरीका अनुसार मंगलबार बिहान काठमाडौंबाट हेटौँडातर्फ जाँदै गरेको प्रदेश–३–००२ झ ५१८३ नम्बरको स्कोर्पियो भीमफेदी गाउँपालिका–६ स्थित जुराखेतमा दुर्घटनामा परेको हो।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक माधव काफ्लेका अनुसार दुर्घटनाको समयमा स्कोर्पियोमा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका मुख्य न्यायाधीश गोकर्ण डाँगीसहित उनका परिवारका सदस्य सवार थिए।

दुर्घटनामा घाइते भएकाहरूलाई तत्काल उपचारका लागि हेटौँडा अस्पताल पठाइएको थियो। तर हेटौँडामा थप उपचार सम्भव नहुने भएपछि घाइतेहरूलाई हेलिकोप्टरमार्फत काठमाडौं पठाउने तयारी भइरहेको मकवानपुरका प्रहरी उपरीक्षक श्यामबाबु खत्रीले जानकारी दिएका छन्।

दुर्घटनामा कति जना घाइते भए भन्ने तथा उनीहरूको अवस्थाबारे प्रहरीले थप विवरण सार्वजनिक गरेको छैन। दुर्घटनाको कारणबारे पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.