भर्खरै : Sorry, your browser does not support inline SVG.
बुद्धनगरमा आत्मदाह प्रयास गरेका अश्विन राउतको निधन, उपचारकै क्रममा ज्यान गयो | स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह | बागमतीको बाढीले कीर्तिपुरको होल्डिङ सेन्टर डुबायो, ५४ सुकुम्बासीको उद्धार | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, ५५ प्रतिशत शरीर जलेको अवस्था | सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित |

पर्वतमा पाँच दिनदेखि आमाछोरी बेपत्ता

पर्वतमा पाँच दिनदेखि आमाछोरी बेपत्ता

पर्वत । फलेवास नगरपालिका–१ कार्कीनेटाका आमाछोरी पाँच दिनदेखि सम्पर्कविहीन भएका छन् । घर पोत्ने रातो माटो खन्न गत मङ्गलबार साँझ घरबाट निस्किएका ३२ वर्षीया गङ्गा पौडेल र आठ वर्षीया दिपीका पौडेल बेपत्ता भएका हुन् ।

स्थानीय कार्कीनेटा बजारमा गङ्गा बिजुली पसल सञ्चालन गर्दै आएका श्रीमान् दीपक शर्मा विद्युत् मर्मत गर्न गाउँतर्फ गएका बेला उनीहरु घर पोत्ने माटो खन्न भिरमुनि भन्ने ठाउँमा गएका थिए । अबेरसम्म घर नफर्किएपछि आफन्त, इष्टमित्र मिलेर खोजी गरिएको थियो ।

पाँचदिनदेखि बेपत्ता उनीहरु हालसम्म फेला नपरेका गङ्गाका श्रीमान् शर्माले बताए । बेपत्ता आमाछोरीको खोजी गर्न प्रहरीमा उजुरी दिनुका साथै सबै संयन्त्र प्रयोग गरिएको उनले उल्लेख गरे ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामप्रसाद सापकोटाले बेपत्ता आमाछोरीको हुलियासहित खोजी कार्य भइरहेको बताए । प्रहरीका सबै संयन्त्र परिचालन गरी खोजी भइरहेको छ । रासस

 


Thali Mobile Pvt.Ltd.