भर्खरै : Sorry, your browser does not support inline SVG.
बुढीगण्डकीको बाढीले बस्ती र पुल बगायो, तटीय क्षेत्रमा सतर्कता | भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश |

पूर्वी नवलपरासीमा मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

पूर्वी नवलपरासीमा मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

नवलपुर, १३ जेठ । नवलपुर, मध्यविन्दु नगरपालिका–७ अम्रसा जंगलमा भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका डीएसपी मधु नेपालका अनुसार ज्यान गुमाउनेमा २४ वर्षीय नविन कुमाल र २२ वर्षीय रादिम मिधुन रहेका छन्।

दुर्घटना लु ९ प ८११६ नम्बरको मोटरसाइकलबाट भएको हो। प्रारम्भिक अनुसन्धान अनुसार मोटरसाइकल चढ्ने बाटो चिप्लो भएकाले दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ।

दुर्घटनामा मोटरसाइकलमा सवार तेस्रो व्यक्ति २८ वर्षीय मनिष घर्ती मगर घाइते भएका छन्। उनलाई थप उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर रिफर गरिएको छ। प्रहरीले थप अनुसन्धान जारी राखेको छ। दुर्घटनाले स्थानीय समुदायमा शोक र दुःख व्यक्त गरिएको छ।

 


Thali Mobile Pvt.Ltd.