भर्खरै : Sorry, your browser does not support inline SVG.
बुढीगण्डकीको बाढीले बस्ती र पुल बगायो, तटीय क्षेत्रमा सतर्कता | भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश |

बाजुरामा जिप सडकबाट ८० मिटर खस्दा तीनको मृत्यु

बाजुरामा जिप सडकबाट ८० मिटर खस्दा तीनको मृत्यु

बाजुरा, १३ जेठ । बाजुराको जगन्नाथ गाउँपालिका–२ स्थित काँडाकोटमा भएको एक जिप दुर्घटनामा नेपाल टेलिकमका बाजुरा कार्यालय प्रमुखसहित तीन जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य दुई जना घाइते भएका छन्।

बा.५ च २२०९ नम्बरको जिप नेपाल टेलिकम बजुरा कार्यालयको हो। टावर मर्मतको कार्यका लागि सदरमुकामबाट प्रस्थान गरेको जिप करिब ८० मिटर तल खस्दा दुर्घटना भएको हो।

सुदूरपश्चिम ट्राफिक प्रहरी कार्यालय अत्तरियाका डीएसपी टेक जोरा र बाजुरा प्रहरी प्रमुख डीएसपी इकवाल हवारीका अनुसार दुर्घटनामा टेलिकम प्रमुख लोकबहादुर खड्का, चालक कर्णबहादुर महता, र सवारीमा सवार रवीन्द्र धामीको घटनास्थलमै मृत्यु भएको हो।

दुर्घटनामा अन्य दुई जना – नन्दराम तिरुवा र लोकेन्द्र तिरुवा – घाइते भएका छन्। उनीहरूको अवस्था गम्भीर रहेको र थप उपचारका लागि तयारी भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रहरीले दुर्घटनाको कारणबारे अनुसन्धान सुरु गरिसकेको छ। टेलिकम टोली स्थानीय टावर मर्मतका लागि गइरहेको बेला दुर्घटना भएको जनाइएको छ। घटनाले टेलिकम परिवार र स्थानीय समुदायमा शोकको माहोल छाएको छ।

 


Thali Mobile Pvt.Ltd.