भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

नवलपुरमा मोटरसाइकल दुर्घटना: एकको मृत्यु, दुई गम्भीर घाइते

नवलपुरमा मोटरसाइकल दुर्घटना: एकको मृत्यु, दुई गम्भीर घाइते

मुख्य बुँदा :

नवलपुरको हुप्सेकोट गाउँपालिका–३ मा मोटरसाइकलको ठक्करबाट शोभा सिग्देलको मृत्यु।

दुर्घटनामा इन्दिरा कोइराला र चालक निशान सिंह ठकुरी घाइते।

सिग्देलको उपचारको क्रममा चितवन मेडिकल कलेजमा निधन।

कोइरालाको अवस्था गम्भीर, चितवन मेडिकल कलेजमा उपचार जारी।

चालकले मादक पदार्थ सेवन गरेर सवारी चलाएको पुष्टि, कागजात नबोकी मोटरसाइकल चलाएको।

नवलपुर, २ साउन । नवलपुरको हुप्सेकोट गाउँपालिका–३ स्थित भुपती चोकको भित्री सडक खण्डमा मोटरसाइकलले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

गएराति गिरुवारीबाट वसन्तपुरतर्फ गइरहेको ग ७ प २७२१ नम्बरको मोटरसाइकलले पैदल हिँडिरहेकी ३५ वर्षीया शोभा सिग्देललाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय, नवलपुरले जनाएको छ।

ठक्करबाट गम्भीर घाइते भएकी सिग्देलको चितवन मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक (डीएसपी) मधु नेपालले जानकारी दिए। दुर्घटनामा सोही स्थानकी ३५ वर्षीया इन्दिरा कोइराला र मोटरसाइकल चालक हुप्सेकोट–२ निवासी निशान सिंह ठकुरी घाइते भएका छन्।

इन्दिरा कोइरालाको अवस्था गम्भीर रहेको र उनलाई प्राथमिक उपचारपछि चितवन मेडिकल कलेज रेफर गरिएको प्रहरीले जनाएको छ। चालक ठकुरीलाई सामान्य चोटपटक लागेको र स्थानीय मेडिकलमा उपचारपछि प्रहरीको नियन्त्रणमा लिइएको छ।

प्रारम्भिक अनुसन्धान अनुसार ठकुरीले मादक पदार्थ सेवन गरेर मोटरसाइकल चलाएको र सवारीसम्बन्धी आवश्यक कागजातसमेत नबोकेको पाइएको छ। प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान गरिरहेको जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.