भर्खरै : Sorry, your browser does not support inline SVG.
मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित | सम्पत्ति छानबिन आयोगको वैधानिकतामाथि सर्वोच्चमा सुनुवाइ, आयोगको अस्तित्वमै प्रश्न | ३ दिन उच्च सतर्कता! काठमाडौं उपत्यकासहित पूर्वी नेपालका साना नदीमा आकस्मिक बाढीको चेतावनी | काठमाडौंमा अक्सिजन सिलिन्डर विस्फोटको दुःखद घटना, पैदलयात्रीको घटनास्थलमै मृत्यु | जलवायु संकटको नयाँ संकेत! भूमध्य सागरको तापक्रमले तोड्यो सबै रेकर्ड, जुनमै पुग्यो २६.६३°C | त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन, उपचारकै क्रममा ज्यान गयो | अमेरिकी सैन्य अखडामाथि इरानको मिसाइल-ड्रोन आक्रमण, मध्यपूर्वमा तनाव झन् चुलियो | नेपाल आयल निगमको कार्यकारी निर्देशकमा ६ जनाको प्रतिस्पर्धा, नामावली सार्वजनिक |

मुग्लिन–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी बन्द

मुग्लिन–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी बन्द

काठमाडौँ, ४ असाेज । पहिरोका कारण मुग्लिन–नारायणगढ सडक दुईतर्फी बन्द छ। हिजो बेलुका सवा सात बजेतिर चितवनको इच्छाकामना गाउँपालिका–६ स्थित तुइन खोलामा खसेको पहिरोले सडक अवरुद्ध भएको हो। सडक माथिबाट ढुङ्गासहितको पहिरो झर्ने क्रम रोकिएको छैन।

सडक डिभिजन कार्यालय भरतपुर चितवनका अनुसार, पहिरो पन्छाउन उपकरण तयारी अवस्थामा भए पनि सुरक्षाको दृष्टिले तत्काल खटाउन सकिएको छैन। गएराति पनि सुरक्षा जोखिमका कारण काम गर्न नसकिएको जानकारी दिइएको छ। मुग्लिन प्रहरीले सडक खुलाउन चार/पाँच घण्टा लाग्ने अनुमान गरेका छन्।

रातभर सडक अवरुद्ध हुँदा यात्रु बीचबाटोमै अलपत्र परेका छन्। सकेसम्म गाडी र यात्रुलाई वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरिएको छ। पूर्वबाट आउने साना गाडीहरूले हेटौंडा–कुलेखानी र पश्चिमबाट आउने गाडीहरूले कालिगण्डकी कोरिडोर मार्गको अवस्था हेरेर प्रयोग गर्न सक्ने जानकारी ईन्जिनियर कृष्णप्रसाद आचार्यले दिएका छन्।

 


Thali Mobile Pvt.Ltd.