भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

तीन रूसी मिग–३१ लडाकू विमान इस्टोनियाको आकास क्षेत्रमा प्रवेश

तीन रूसी मिग–३१ लडाकू विमान इस्टोनियाको आकास क्षेत्रमा प्रवेश

एजेन्सी, ४ असाेज । रूसी लडाकू विमानले इस्टोनियाको आकास क्षेत्रमा उडान गरेपछि बाल्टिक देश इस्टोनियाले अन्य नेटो सदस्य देशहरूसँग परामर्शका लागि अनुरोध गरेको छ। इस्टोनियाको विदेश मन्त्रालयले यसलाई रूसी अतिक्रमणको रूपमा टिप्पणी गरेको छ।

इसटोनियाका अनुसार, तीनवटा रूसी मिग–३१ लडाकू विमान बिना अनुमति आकास क्षेत्रमा प्रवेश गरेका थिए र कुल १२ मिनेटसम्म त्यहाँ थिए। नेटोका एक अधिकारीले ती विमानलाई धपाएको जानकारी बीबीसीले दिएको छ।

तर, रूसको विदेश मन्त्रालयले आफ्ना विमान पूर्वनिर्धारित उडानमा रहेको र अन्तर्राष्ट्रिय हवाई क्षेत्रको नियमभित्र रहेको, अन्य देशको आकास नछोएको जनाएको छ।

सन् २०२२ देखि रूसले युक्रेनमा आक्रमण गरेपछि नेटो र रूसबीच तनाव बढिरहेको छ। नेटोमा बेलायत, अमेरिका, क्यानडा, फ्रान्स, जर्मनी, इटली, स्पेन, टर्कीसहित ३२ देश सदस्य छन्।

 


Thali Mobile Pvt.Ltd.