भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

कारबाही अध्यावधिक नगर्न मुकुल ढकालले दिए आयोगमा निवेदन

कारबाही अध्यावधिक नगर्न मुकुल ढकालले दिए आयोगमा निवेदन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महामन्त्रीबाट निलम्बित डा.मुकुल ढकालले कारबाही अध्यावधिक नगर्न निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

उनले असार २५ गतेको रास्वपा केन्द्रीय समिति बैठकमार्फत आफूलाई महामन्त्री र प्रवक्ताको जिम्मेवारीबाट हटाएको जानकारी पाएको उल्लेख गरेका छन् । तर, हटाइएको पत्र प्राप्त नगरेको निवेदनमा जनाएका छन् ।

“असार २५, २०८१ मा मैले सञ्चारमाध्यमबाट मलाई पार्टी महामन्त्री, पार्टी प्रवक्ता एवं केन्द्रीय समितिको सदस्यबाट पदमुक्त गरिएको जानकारी पाएँ । यद्यपि, मैले पदमुक्तबारेमा पार्टीबाट कुनै पनि पत्र हालसम्म प्राप्त गरेको छैन । यस सम्बन्धमा यदि त्यसप्रकारको निर्णय भएको रहेछ भने त्यो अवैधानिक रहेको र त्यस अवैधानिक निर्णयलाई राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५१ बमोजिम तीस दिनभित्र अध्यावधिक गर्नका लागि त्यस आयोगमा रास्वपाबाट कुनै पत्र आए त्यसलाई अवैधानिक ठहर गर्दै अध्यावधिक नगर्नका लागि यो पत्र माननीयज्यूसामु पेस गरेको छु,” उनले आइतबार आयोगलाई लेखेको पत्रमा उल्लेख छ ।

राजनीतिक दलसम्बन्धी ऐनको दफा १८ को उपदफा २ बमोजिम आफूलाई सफाइ पेस गर्ने मौका समेत नदिइएको उनको भनाइ छ ।

 


Thali Mobile Pvt.Ltd.