भर्खरै : Sorry, your browser does not support inline SVG.
क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च | धनुषामा कपडाको पेटीमा लुकाएको १३ लाख ६५ हजार रुपैयाँसहित भारतीय नागरिक पक्राउ | विश्वकर्मा पूजामा भद्रकालीमा बिहानैदेखि श्रद्धालुको भीड, सवारीसाधन र औजारको पूजा | नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम | जन्मभूमिको पीडाले जापानबाट नेपाल तान्यो डंगोललाई, १५० बाढीपीडित परिवारलाई नगद राहत | भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा |

कारबाही अध्यावधिक नगर्न मुकुल ढकालले दिए आयोगमा निवेदन

कारबाही अध्यावधिक नगर्न मुकुल ढकालले दिए आयोगमा निवेदन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महामन्त्रीबाट निलम्बित डा.मुकुल ढकालले कारबाही अध्यावधिक नगर्न निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

उनले असार २५ गतेको रास्वपा केन्द्रीय समिति बैठकमार्फत आफूलाई महामन्त्री र प्रवक्ताको जिम्मेवारीबाट हटाएको जानकारी पाएको उल्लेख गरेका छन् । तर, हटाइएको पत्र प्राप्त नगरेको निवेदनमा जनाएका छन् ।

“असार २५, २०८१ मा मैले सञ्चारमाध्यमबाट मलाई पार्टी महामन्त्री, पार्टी प्रवक्ता एवं केन्द्रीय समितिको सदस्यबाट पदमुक्त गरिएको जानकारी पाएँ । यद्यपि, मैले पदमुक्तबारेमा पार्टीबाट कुनै पनि पत्र हालसम्म प्राप्त गरेको छैन । यस सम्बन्धमा यदि त्यसप्रकारको निर्णय भएको रहेछ भने त्यो अवैधानिक रहेको र त्यस अवैधानिक निर्णयलाई राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५१ बमोजिम तीस दिनभित्र अध्यावधिक गर्नका लागि त्यस आयोगमा रास्वपाबाट कुनै पत्र आए त्यसलाई अवैधानिक ठहर गर्दै अध्यावधिक नगर्नका लागि यो पत्र माननीयज्यूसामु पेस गरेको छु,” उनले आइतबार आयोगलाई लेखेको पत्रमा उल्लेख छ ।

राजनीतिक दलसम्बन्धी ऐनको दफा १८ को उपदफा २ बमोजिम आफूलाई सफाइ पेस गर्ने मौका समेत नदिइएको उनको भनाइ छ ।

 


Thali Mobile Pvt.Ltd.