भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

देशभर डेंगी संक्रमितको संख्या दुई हजार नजिक

देशभर डेंगी संक्रमितको संख्या दुई हजार नजिक

काठमाडौं । देशभर डेंगी संक्रमितको संख्या दुई हजार नजिक पुगेको छ । सन् २०२४ जनवरीयता जुलाई २६ सम्म एक हजार ९५५ जनामा संक्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले जनाएको छ । यीमध्ये जुलाईका २६ दिनमा ४६८ संक्रमित थपिएका हुन् । यो वर्षमा डेंगी संक्रमण ७३ जिल्लामा फैलिएको छ ।

बागती प्रदेशमा सबैभन्दा धेरै ६२६ जनामा संक्रमण देखिएको छ । जिल्लागत रूपमा काठमाडौंमा सबैभन्दा धेरै २२६ जनामा संक्रमण पुष्टि भएको ईडीसीडीले जनाएको छ । यस्तै, झापामा १२९, चितवनमा १०२, तनहुँमा ७९, मकवानपुरमा ७५, कास्कीमा ६७, भोजपुरमा ६०, ओखलढुंगामा ५८, धनकुटामा ५८, काभ्रेमा ५५ जनामा डेंगी पुष्टि भएको छ ।

यीबाहेक अरू जिल्लामा संक्रमितको संख्या ५० भन्दा कम छ । मुस्ताङ, डोल्पा, हुम्ला र जुम्लाबाहेक सबै जिल्लामा डेंगी देखिएको ईडीसीडीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.