भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

पदमार्गको प्रवर्द्धन गर्न ‘मुन्दुम ट्रेल रेस’ आयोजना

पदमार्गको प्रवर्द्धन गर्न ‘मुन्दुम ट्रेल रेस’ आयोजना

भोजपुर, ३ असार। मुन्दुम पदमार्गको प्रवर्द्धनका लागि भोजपुरमा सातौँ ‘मुन्दुम ट्रेल रेस’ आयोजना गरिने भएको छ । खेलकुद तथा दौडका मध्यमबाट पदमार्गको प्रचारप्रसारमा टेवा पुर्‍याउने लक्ष्यसहित रेस आयोजना हुने भएको हो ।

पर्यटकीयस्थल चखेवा भञ्ज्याङबाट टेम्केडाँडा हुँदै खोटाङको सिमाना तावाभञ्ज्याङ र पुनःतावाभञ्ज्याङबाट पाँचधारे, रतिया, मझौले, हात्ती खर्क हुँदै चखेवासम्म प्रतियोगिता सञ्चालन हुने पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ ।

मुन्दुम ट्रेल रेस यही असार ७ गते २२ किलोमिटरमा सञ्चालन हुने आयोजक रिमाचुङ, एजुकेसन एण्ड स्पोर्टस् एकेडेमीका अध्यक्ष पाविहाङ राईले जानकारी दिए । प्रतियोगितामा नौ समूहको सहभागिता रहने आयोजकले जनाएको छ ।

एक समूहमा तीन महिला र तीन पुरुष गरी छ जनाको सहभागिता रहनेछ । वर्षात्का समयमा पनि पदमार्ग भ्रमणका लागि कुनै पनि समस्या नहुने सन्देश दिन प्रतियोगिता सञ्चालन गरिएको उनको भनाइ छ ।

प्रतियोगितामा समूहतर्फ प्रथम हुनेले प्रमाणपत्रका साथमा रु ४० हजार, द्वितीय हुनेले रु ३० हजार र तृतीय हुने रु २० हजार पाउनेछन् । एकल प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः रु १५ हजार, १० हजार र पाँच हजार पाउने आयोजकले जनाएको छ ।

पदमार्गको प्रवर्द्धन गर्ने उद्देश्यका साथ टेम्केमैयुङ गाउँपालिकाको रु पाँच लाख आर्थिक सहयोगमा प्रतियोगिता सञ्चालन गर्न लागिएको हो । रासस

 


Thali Mobile Pvt.Ltd.