भर्खरै : Sorry, your browser does not support inline SVG.
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते |

पारिश्रमिकमा विवाद हुदाँ फार्म सञ्चालकको हत्या, श्रीमान्–श्रीमती पक्राउ

पारिश्रमिकमा विवाद हुदाँ फार्म सञ्चालकको हत्या, श्रीमान्–श्रीमती पक्राउ

मोरङ । मोरङमा हत्या आरोपमा प्रहरीले श्रीमान्–श्रीमतीलाई पक्राउ गरेको छ । मोरङकै सुन्दरहरैँचा नगरपालिका–९ का ४९ वर्षीय सहदेव बजगाईंको हत्या गरेको आरोपमा उर्लाबारी नगरपालिका–४, हाटखोलाका ३६ वर्षीय छिरिङ भनिने सुनील तामाङ र उनकी श्रीमती ३३ वर्षीया प्रनिसा पाँचकोटीलाई पक्राउ गरिएको हो ।

सुन्दरहरैँचा–१, कुमारगाउँस्थित आफ्नै कुखुरा फार्ममा सहदेव बिहीबार बिहान मृतावस्थामा फेला परेका थिए । घटनाको अनुसन्धानका क्रममा इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको टोलीले उक्त फार्ममा काम गर्ने सुनील र उनकी श्रीमतीलाई पक्राउ गरेको हो ।

फार्म सञ्चालक र सुनीलबीच पारिश्रमिकका विषयमा बुधबार राति विवाद भएको थियो । त्यसक्रममा उनीहरूले बन्चरो र फलामको दाउ प्रहार गरी सहदेवको हत्या गरेको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ ।

आरोपितविरुद्ध कर्तव्य ज्यान मुद्दामा मोरङ जिल्ला अदालतबाट म्याद थप अनुमति लिई प्रहरीले अनुसन्धान गरिरहेको छ ।

 

 


Thali Mobile Pvt.Ltd.