मोरङ । मोरङमा हत्या आरोपमा प्रहरीले श्रीमान्–श्रीमतीलाई पक्राउ गरेको छ । मोरङकै सुन्दरहरैँचा नगरपालिका–९ का ४९ वर्षीय सहदेव बजगाईंको हत्या गरेको आरोपमा उर्लाबारी नगरपालिका–४, हाटखोलाका ३६ वर्षीय छिरिङ भनिने सुनील तामाङ र उनकी श्रीमती ३३ वर्षीया प्रनिसा पाँचकोटीलाई पक्राउ गरिएको हो ।
सुन्दरहरैँचा–१, कुमारगाउँस्थित आफ्नै कुखुरा फार्ममा सहदेव बिहीबार बिहान मृतावस्थामा फेला परेका थिए । घटनाको अनुसन्धानका क्रममा इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको टोलीले उक्त फार्ममा काम गर्ने सुनील र उनकी श्रीमतीलाई पक्राउ गरेको हो ।
फार्म सञ्चालक र सुनीलबीच पारिश्रमिकका विषयमा बुधबार राति विवाद भएको थियो । त्यसक्रममा उनीहरूले बन्चरो र फलामको दाउ प्रहार गरी सहदेवको हत्या गरेको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ ।
आरोपितविरुद्ध कर्तव्य ज्यान मुद्दामा मोरङ जिल्ला अदालतबाट म्याद थप अनुमति लिई प्रहरीले अनुसन्धान गरिरहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
सर्लाही, ६ जेठ । सर्लाहीको पर्सा गाउँपालिका–६ मा पर्ने हुलाकी सडक खण्डबाट प्रहरीले २४ हजार रुपैयाँ बराबरको नक्कली नोटसहित दुई युवकलाई पक्राउ गरेको छ। बुधवार साँझ भारतीय नम्बर प्लेटको...
धरान, १८ वैशाख । सशस्त्र प्रहरी बलले सुनसरीको धरान उपमहानगरपालिका–१३ निशाने डाँडा नजिकै कोशी लोकमार्गमा ७८३ किलोग्राम गाँजासहितको ट्रक र दुई जनालाई नियन्त्रणमा लिएको छ। सशस्त्र प्रहरी बल, नेपाल...
धनगढी, १५ वैशाख । कैलालीबाट हतकडीसहित फरार भएकी एक थुनुवा महिलालाई भारतको पलियाबाट पक्राउ गरिएको छ। मानव बेचबिखनको अभियोगमा पक्राउ परेकी ५० वर्षीया मीना शाही दमाई शनिबार जिल्ला सरकारी वकिलको...
रुपन्देही, ६ वैशाख । बुटवलको बुद्धनगरमा एक युवतीमाथि गोली प्रहार भएको छ। इलाका प्रहरी कार्यालय बुटवलका अनुसार, टिका बिष्ट क्षेत्री नामक युवतीलाई कम्मरको भागमा गोली लागेको हो। प्रहरीका अनुसार,...