भर्खरै : Sorry, your browser does not support inline SVG.
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते |

पूर्व राष्ट्रपतिको ट्रम्पको कन्चटमा गोली प्रहार, एक जनाको मृत्यु

पूर्व राष्ट्रपतिको ट्रम्पको कन्चटमा गोली प्रहार, एक जनाको मृत्यु

काठमाडौं । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई गोली प्रहार गरिएको छ । गोली ट्रम्पको कानमा लागेको छ ।

राजनीतिक भेलामा सहभागी भएका बेला ट्रम्पमाथि गोली प्रहार गर्ने बन्दुकधारीलाई गोप्य सेवाका सदस्यले गरेको कारवाहीका क्रममा मृत्यु भइसकेको छ । ट्रम्ममाथि बटलर पेन्सलभेनियामा भएको कार्यक्रममा हत्याको प्रयास भएको सुरक्षा अधिकारीहरुले बताएका छन् ।

बन्दुकधारीलाई गोली हान्ने क्रममा अर्का एक मानिसको पनि मृत्यु भएको बताइएको छ । स्थानीय अधिकारीका अनुसार घटनामा अर्का एक मानिस समेत गम्भीर घाइते भएका छन् ।

कार्यक्रमका एक प्रत्यक्षदर्शीले गोली चल्नु अघि राइफल बोकेका एक मानिस नजिकैको छतमा देखेको बताएका छन् ।

सार्वजनिक भएको भिडियोमा गोली लागेपछि ट्रम्प भुइमा खसेको र अनुहार रगतले लतपतिएको देखिन्छ ।

 


Thali Mobile Pvt.Ltd.