भर्खरै : Sorry, your browser does not support inline SVG.
नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी | राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व, पूर्वखेलाडीको संख्या बढ्यो | युवाका लागि पर्याप्त र मर्यादित रोजगारी सिर्जना गर्नुपर्ने | एलपी ग्यासको अभाव अझै हटेन, एक साताभित्र आपूर्ति सहज हुने निगमको दाबी | सामाजिक सञ्जालको दुरुपयोग रोक्न नेपाल प्रहरी प्रविधिमैत्री बन्दै | इन्डोनेसियामा यात्रुवाहक डुङ्गामा भीषण आगलागी, ११२ जनाको सकुशल उद्धार | दुई साता बित्यो, कर्णाली सरकार अझै अधुरै : मुख्यमन्त्रीमाथि आफ्नै दल र एमालेको दबाब |

दाङमा महिला हत्या आरोपमा एक जना पक्राउ

दाङमा महिला हत्या आरोपमा एक जना पक्राउ

काठमाडौं । दाङको घोराहीमा महिला हत्या आरोपमा एक पुरुष पक्राउ परेका छन्। घोराही उपमहानगरपालिका – ८ बेलुवाकी ५० वर्षीया प्यारी चौधरीको हत्या आरोपमा सोही गाउँका ४६ वर्षीय बालाराम चौधरी पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी जनक मल्लका अनुसार पक्राउ परेका बालाराम मृतक प्यारीकी आफन्त समेत हुन्। प्यारी गत जेठ १७ गते दिउँसो आफ्नै घर भित्र मृत अवस्थामा फेला परेकी थिइन्। पोष्टमर्टम रिपोर्टले घाँटी थिचेर प्यारीको हत्या भएको देखाएपछि प्रहरीले संलग्नहरूको खोजी सुरू गरेको थियो।

सोधपुछको क्रममा बालारामले प्यारीको हत्या आफूले गरेको स्वीकार गरेको डिएसपी मल्लले जानकारी दिए।
बालाराम मदिरा सेवनपछि गाउँमा झगडा गर्दै हिँड्ने स्वभावका रहेको र त्यसदिन पनि मदिरा सेवनपछि प्यारीसँग सामान्य विवाद भएको थियो।

प्रहरीसँगको वयानका क्रममा बालारामले भनेअनुसार त्यसदिन प्यारीले बालारामलाई रक्सी खाएर अरूलाई गाली नगर्नू भनी सम्झाउने र हप्काउने गरेकी थिइन्।
जेठ १७ गते बालाराम रातको समयमा प्यारीको घर पुगेका थिए। त्यहाँ प्यारीलाई देखेपछि घरको एक कुनामा लगेर घाँटी थिचेर हत्या गरेकी थिए।

हत्यापश्चात उनले प्यारीलाई घिसार्दै उनी सुत्ने ओछ्यानमा पुर्‍याएर सुतेको जसरी राखिदिएको बताएका छन्। घटनास्थलमा प्यारीलाई घिसारिएको स्पष्ट संकेतहरू प्रहरीले भेटिएको डिएसपी मल्लले जानकारी दिए।

 

 


Thali Mobile Pvt.Ltd.