भर्खरै : Sorry, your browser does not support inline SVG.
मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित |

म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा तीन दिनदेखि बिजुली आपूर्ति अवरुद्ध

म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा तीन दिनदेखि बिजुली आपूर्ति अवरुद्ध

काठमाडौं । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा तीन दिनदेखि बिजुली आपूर्ति अवरुद्ध भएको छ । कालीगण्डकी नदीले शनिवार राति ३२र११ केभी क्षमताको प्रसारण लाइनका तीन वटा पोल र तार बगाएपछि गाउँपालिका बिजुलीविहीन बनेको हो ।

अन्नपूर्ण गाउँपालिका–२ कटुञ्जेको भीरबाट खसेको पहिरोले कालीगण्डकीमा छाल उठ्दा २० मिटरमाथि रहेको एउटा कृषि फार्म र बिजुलीको प्रसारण लाइनका पोल, तारमा क्षति पुगेको थियो ।

अन्नपूर्ण गाउँपालिका–६ का वडाध्यक्ष रामबहादुर खड्काले बिजुलीको अभावमा गाउँपालिकाको सेवा प्रवाह, मोबाइल, इन्टरनेट सेवा प्रभावित बनेको बताउनुभयो । बिजुली आपूर्ति अवरुद्ध हुँदा तीन हजार दुई सयभन्दा बढी घरधुरी अन्धकार भएका छन् । रासस

 


Thali Mobile Pvt.Ltd.