भर्खरै : Sorry, your browser does not support inline SVG.
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते |

माविको शिक्षक लाइसेन्सका लागि आवेदन खुल्यो ,अनलाइन दरखास्त दिन सकिने

माविको शिक्षक लाइसेन्सका लागि आवेदन खुल्यो ,अनलाइन दरखास्त दिन सकिने

काठमाडौं । माध्यमिक तहको अध्यापन अनुमति पत्र (लाइसेन्स) परीक्षाका लागि आवेदन फाराम खुलेको छ । शिक्षक सेवा आयोगले भदौ २३ गतेसम्म एक हजार रुपैयाँ नियमित दस्तुरमा र ३० गतेसम्म दोब्बर दस्तुर तिरेर आवेदन दिन सक्ने गरी फाराम खुलाएको हो ।

शिक्षक सेवा आयोग नियमावली २०५७ को नियम ९ को उपनियम (१) को खण्ड (ग) र नियम ९ को उपनियम (७) बमोजिम तोकिएको न्यूनतम योग्यता पुगेका उम्मेदवारले आवेदन दिन सक्ने आयोगले निकालेको सूचनामा उल्लेख छ । आयोगको आधिकारिक अनलाइन दरखास्त प्रणालीमार्फत अनलाइन दरखास्त दिन अनुरोध गरेको छ । अनलाइन दरखास्तमा आवेदन गर्दा व्यक्तिगत विवरण एवम् तोकिएका कागजातहरू पेश गरेपछि परिवर्तन नगर्न पनि आयोगले सुझाव दिएको छ ।

 


Thali Mobile Pvt.Ltd.