भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने | लगानीको शब्दबाट विश्व शक्तिको मोर्चासम्म : कसरी बदलिँदैछ ‘ब्रिक्स’को प्रभाव ? | बाढीले बगाएको देवीघाटको पुल पाँच दिनमै पुनर्निर्माण, सबै प्रकारका गाडी चल्न थाले | विदेशी लगानीकर्ताको रोजाइमा सूचना प्रविधि, ७२७ परियोजनामा लगानी प्रतिबद्धता | भोटेकोशी बाढीको असर : ५ जिल्लाका १५ पालिकामा १६ हजारभन्दा बढी घरधुरी प्रभावित | कंगोमा दुई विद्यालयमा भीषण आगलागी, भागदौडमा २९ विद्यार्थीको मृत्यु | रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ |

पर्यटन चलायमान बनाउँदै नगरकोट सडक महोत्सव (भिडियो सहित)

पर्यटन चलायमान बनाउँदै नगरकोट सडक महोत्सव (भिडियो सहित)

भक्तपुर । कोभिड–१९ पछि ठप्प भएको पर्यटन व्यवसाय यतिबेला चलायमान भएको छ । पर्यटकीय नगरी भक्तपुरको नगरकोटमा आजबाट सुरु भएको सडक महोत्सवमा आन्तरिक तथा विदेशी पर्यटक पनि सहभागि भएका छन् ।

नगरकोट भ्रमण वर्ष २०८२ लाई लक्षित गरी सडक महोत्सव आयोजना गरिएको नगरकोट नाल्दुम पर्यटन विकास समितिका अध्यक्ष नविन गुरुङले बताए । २५ गतेसम्म तीन दिन सञ्चालन हुने महोत्सवको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि मण्डन देउपुर नगरपालिकाका मेयर टोपबहादुर वाइवाले प्राकृतिक सम्पदा, कला र संस्कृति पर्यापर्यटनको विकास नगरकोटले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।

भिडियो हेर्नुहोस्….


पर्यटन विकासमा संघ सरकारले बेवास्ता गरेको भन्दै वाइवाले अव स्थानीय सरकार आफ्नो खुट्टामा आफै उभिनेमा सच्छम रहेको बताए । यस्तै चाँगुनारायण नगरपालिकाका मेयर जीवन खत्रीले विश्वकै पर्यटनको प्राय नगरकोट भएको जिकिर गरे ।

कार्यक्रममा चाँगुनारायण नगरपालिका वडा नं. ६ का अध्यक्ष धनबहादुर लामा, मण्डनदेउपुर नगरपालिका वडा २ अध्यक्ष राजकुमार मल्ललगायतले नगरकोट विकासमा पर्यटनले टेवा पु¥याएको बताए । सडक महोत्सवले एक इटा थप्ने उनीहरुको दावी छ ।

स्थानीय भाषा, कला, प्रतिभा, प्राकृतिक सम्पदा एवं संस्कृतिलाई उपयोग गर्दै पर्यटकलाई आकर्षित गरी नगरकोटको विकासमा सडक महोत्सवले थप योगदान पुर्याउने सरोकारवालाले विश्वास लिएका छन् ।

साङ्गीतिक एवम् स्थानीय कला र प्रतिभा प्रस्तुति भइरहेको महोत्सवमा लोक दोहोरी कार्यक्रम, स्थानीय खानाका परिकार, कृषि मेला, चङ्गा चेट, मुहार चित्रकारितालगायतका विभिन्न सामग्रीहरू प्रदर्शनमा राखिएका छन् । महोत्सव नगरकोटको महामञ्जुश्री चोकमा भइरहेको छ ।

‘सडकमै खाऊँ, सडकमै रमाऊँ’
नगरकोट सडक महोत्सव २०८० आज कार्तिक २३ गतेबाट सुरु भएको छ । २५ गतेसम्म चल्ने महोत्सवमा आयोजकले सडकमै खाँउ सडकमै रमाऔं भन्ने नारा राखेको छ । पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले आयोजना गरिएको महोत्सवमा विदेशी पर्यटकपनि सहभागिता रहेको छ ।

 


Thali Mobile Pvt.Ltd.