भक्तपुर । कोभिड–१९ पछि ठप्प भएको पर्यटन व्यवसाय यतिबेला चलायमान भएको छ । पर्यटकीय नगरी भक्तपुरको नगरकोटमा आजबाट सुरु भएको सडक महोत्सवमा आन्तरिक तथा विदेशी पर्यटक पनि सहभागि भएका छन् ।
नगरकोट भ्रमण वर्ष २०८२ लाई लक्षित गरी सडक महोत्सव आयोजना गरिएको नगरकोट नाल्दुम पर्यटन विकास समितिका अध्यक्ष नविन गुरुङले बताए । २५ गतेसम्म तीन दिन सञ्चालन हुने महोत्सवको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि मण्डन देउपुर नगरपालिकाका मेयर टोपबहादुर वाइवाले प्राकृतिक सम्पदा, कला र संस्कृति पर्यापर्यटनको विकास नगरकोटले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।
भिडियो हेर्नुहोस्….
पर्यटन विकासमा संघ सरकारले बेवास्ता गरेको भन्दै वाइवाले अव स्थानीय सरकार आफ्नो खुट्टामा आफै उभिनेमा सच्छम रहेको बताए । यस्तै चाँगुनारायण नगरपालिकाका मेयर जीवन खत्रीले विश्वकै पर्यटनको प्राय नगरकोट भएको जिकिर गरे ।
कार्यक्रममा चाँगुनारायण नगरपालिका वडा नं. ६ का अध्यक्ष धनबहादुर लामा, मण्डनदेउपुर नगरपालिका वडा २ अध्यक्ष राजकुमार मल्ललगायतले नगरकोट विकासमा पर्यटनले टेवा पु¥याएको बताए । सडक महोत्सवले एक इटा थप्ने उनीहरुको दावी छ ।
स्थानीय भाषा, कला, प्रतिभा, प्राकृतिक सम्पदा एवं संस्कृतिलाई उपयोग गर्दै पर्यटकलाई आकर्षित गरी नगरकोटको विकासमा सडक महोत्सवले थप योगदान पुर्याउने सरोकारवालाले विश्वास लिएका छन् ।
साङ्गीतिक एवम् स्थानीय कला र प्रतिभा प्रस्तुति भइरहेको महोत्सवमा लोक दोहोरी कार्यक्रम, स्थानीय खानाका परिकार, कृषि मेला, चङ्गा चेट, मुहार चित्रकारितालगायतका विभिन्न सामग्रीहरू प्रदर्शनमा राखिएका छन् । महोत्सव नगरकोटको महामञ्जुश्री चोकमा भइरहेको छ ।
‘सडकमै खाऊँ, सडकमै रमाऊँ’
नगरकोट सडक महोत्सव २०८० आज कार्तिक २३ गतेबाट सुरु भएको छ । २५ गतेसम्म चल्ने महोत्सवमा आयोजकले सडकमै खाँउ सडकमै रमाऔं भन्ने नारा राखेको छ । पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले आयोजना गरिएको महोत्सवमा विदेशी पर्यटकपनि सहभागिता रहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । भिजिट भिसामा यूएई घुम्न लगेर नेपाली युवालाई रूसी सेनामा भर्ती गराउने गरेको पाइएको छ । नेपाली नागरिकलाई रुस लैजाने गिरोहका १२ जना पक्राउ परेका छन्। उनीहरुको प्रारम्भिक...
काठमाडौं । सबैभन्दा ठूलो र पुरानो केन्द्रीय कारागार सुन्धारामा विदेशी कैदीबन्दीले भरिएको छ । २६१ विदेशी कैदीबन्दी रहेको केन्द्रीय कारागारमा विभिन्न मुलुकबाट नेपाल आएर आपराधिक क्रियाकलापमा संलग्न रहेका थिए...
काठमाडौँ । सार्वजनिक लेखा समितिले एनसेलको शेयर खरिद बिक्रीबारे आज छलफल गर्ने भएको छ । समितिको बैठक दिउँसो २ बजे बोलाइएको छ । एनसेलको ८० प्रतिशत शेयर खरिद बिक्री...
काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्पताल भर्ना भएका छन् । नियमित उपचारका लागि राति शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र, बाँसबारीमा भर्ना भएको गृह मन्त्रालयले जनाएको छ ।...