भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

राष्ट्रियसभा चुनावका लागि मतदानस्थल र मतदान केन्द्र निर्धारण

राष्ट्रियसभा चुनावका लागि मतदानस्थल र मतदान केन्द्र निर्धारण

काठमाडौँ, ३ पुस । निर्वाचन आयोगले आउँदो माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मतदानस्थल तथा मतदान केन्द्र निर्धारण गरेको छ।

आयोगका प्रवक्ता एवं सह–सचिव नारायणप्रसाद भट्टराईका अनुसार हिजो सातवटै प्रदेशका लागि मतदानस्थल तोकिएको हो। आयोगले सबै प्रदेश राजधानी रहेका जिल्लामा मतदानस्थल रहने गरी व्यवस्था मिलाएको जनाएको छ।

निर्धारित प्रत्येक मतदानस्थलमा दुई वटा मतदान केन्द्र रहनेछन्। आयोगका अनुसार मतदान केन्द्र ‘क’ प्रदेशसभा सदस्यहरूका लागि र मतदान केन्द्र ‘ख’ गाउँपालिकाका अध्यक्ष–उपाध्यक्ष तथा नगरपालिकाका मेयर–उपमेयरका लागि तोकिएको छ।

राष्ट्रियसभा निर्वाचनलाई व्यवस्थित, सहज र पारदर्शी बनाउन आयोगले आवश्यक तयारी अघि बढाएको जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.