भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

सरोकारवाला निकायलाई चारबुँदे निर्देशन जारी, राष्ट्रिय परिचयपत्रमा राष्ट्रियता र संस्कृति झल्किने पहिरन लगाउन पाइने

सरोकारवाला निकायलाई चारबुँदे निर्देशन जारी, राष्ट्रिय परिचयपत्रमा राष्ट्रियता र संस्कृति झल्किने पहिरन लगाउन पाइने

काठमाडौं । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले राष्ट्रियता झल्किने लगाउन सकिने जनाएको छ । सरकारले राष्ट्रिय परिचयपत्रमा धार्मिक, साँस्कृतिक र जातीय पहिचान जनाउने पहिरन लगाएको फोटो राख्न पाइने बताएको हो ।

विभागले राष्ट्रिय परिचयपत्रको सेवा प्रवाहलाई सरल, सहज तथा थप प्रभावकारी बनाउन सबै जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय र राष्ट्रिय परिचयपत्र एकाइलाई निर्देशन दिएको हो ।

हालै सरोकारवाला निकायलाई चारबुँदे निर्देशन जारी गर्दै विभागले फोटो खिच्दा सिन्दूर, टिका, राष्ट्रियता झल्किने टोपी, धार्मिक, साँस्कृतिक तथा जातीय पहिचान जनाउने पहिरन लगाउन सकिने जनाएको छ ।

टोपी, सिन्दूरपोते र टिकासमेत हटाएर फोटो खिच्न लगाइएको भन्दै सरकारको आलोचना भएपछि सरकारले यस्तो निर्देशन दिएको हो ।

सरोकारवाला निकायलाई चारबुँदे निर्देशन जारी, राष्ट्रिय परिचयपत्रमा राष्ट्रियता र संस्कृति झल्किने पहिरन लगाउन पाइने

 

 


Thali Mobile Pvt.Ltd.