भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

सरोकारवाला निकायलाई चारबुँदे निर्देशन जारी, राष्ट्रिय परिचयपत्रमा राष्ट्रियता र संस्कृति झल्किने पहिरन लगाउन पाइने

सरोकारवाला निकायलाई चारबुँदे निर्देशन जारी, राष्ट्रिय परिचयपत्रमा राष्ट्रियता र संस्कृति झल्किने पहिरन लगाउन पाइने

काठमाडौं । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले राष्ट्रियता झल्किने लगाउन सकिने जनाएको छ । सरकारले राष्ट्रिय परिचयपत्रमा धार्मिक, साँस्कृतिक र जातीय पहिचान जनाउने पहिरन लगाएको फोटो राख्न पाइने बताएको हो ।

विभागले राष्ट्रिय परिचयपत्रको सेवा प्रवाहलाई सरल, सहज तथा थप प्रभावकारी बनाउन सबै जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय र राष्ट्रिय परिचयपत्र एकाइलाई निर्देशन दिएको हो ।

हालै सरोकारवाला निकायलाई चारबुँदे निर्देशन जारी गर्दै विभागले फोटो खिच्दा सिन्दूर, टिका, राष्ट्रियता झल्किने टोपी, धार्मिक, साँस्कृतिक तथा जातीय पहिचान जनाउने पहिरन लगाउन सकिने जनाएको छ ।

टोपी, सिन्दूरपोते र टिकासमेत हटाएर फोटो खिच्न लगाइएको भन्दै सरकारको आलोचना भएपछि सरकारले यस्तो निर्देशन दिएको हो ।

सरोकारवाला निकायलाई चारबुँदे निर्देशन जारी, राष्ट्रिय परिचयपत्रमा राष्ट्रियता र संस्कृति झल्किने पहिरन लगाउन पाइने

 

 


Thali Mobile Pvt.Ltd.