भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

नवौं भक्तपुर महोत्सव सम्पन्न, ३ लाख दर्शकले गरे अवलोकन

नवौं भक्तपुर महोत्सव सम्पन्न, ३ लाख दर्शकले गरे अवलोकन

भक्तपुर, ८ बैशाख । ‘नयाँ वर्ष, नयाँ सोच, युवाहरुको लागि प्रगतिको स्रोत’ भन्ने नाराका साथ आयोजित नवौं भक्तपुर औद्योगिक, साँस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव २०८१/०८२ मा करिब ३ लाख दर्शकले अवलोकन गरेका छन्।

भक्तपुरको सल्लाघारीमा चैत २८ गतेदेखि १२ दिनसम्म सञ्चालित यो महोत्सव औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाइज ब्याण्डको संयुक्त आयोजनामा सम्पन्न भएको हो । महोत्सवमा करिब १०० वटा स्टल, बाल उद्यान र मनोरञ्जनात्मक स्थलहरू समावेश थिए। आयोजकका अनुसार महोत्सवमा २ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ।

औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दीप महतले महोत्सवमा दैनिक उपभोग्य वस्तु, खाद्यान्न, भाँडाकुँडा, लत्ताकपडा, जुत्ता, कृषि उत्पादन र हस्तकलाका सामग्रीहरू प्रदर्शनी तथा बिक्रीमा राखिएको जानकारी दिए।

महोत्सवका संयोजक दीपक थापाले समापन समारोहमा वरिष्ठ गीतकार सुवास चन्द्र ढुंगेललाई नगद ५ हजार रुपैयाँसहित सम्मान गरिएको बताए। साथै, सिद्दी स्मृति भक्तपुर फुटबल क्लबलाई पनि कदरपत्रसहित सम्मान गरिएको उनले उल्लेख गरे।

 


Thali Mobile Pvt.Ltd.