भर्खरै : Sorry, your browser does not support inline SVG.
भक्तपुरका सातवटै खोप केन्द्रको अवस्था समेटिएको पुस्तिका प्रकाशन गर्न नगर प्रमुख प्रजापतिको सुझाव | सरदर समयभन्दा १२ दिन ढिलो नेपालबाट बाहिरियो यस वर्षको मनसुन | बिहारमा डुङ्गा दुर्घटना : १३ बालबालिकाको मृत्यु, मृतक परिवारलाई राहत घोषणा | प्रसारण लाइन मर्मतपछि मुस्ताङ र अन्नपूर्णमा विद्युत् आपूर्ति नियमित | भोटेकोशी बाढीअघि ४० सेन्टिमिटरसम्म भू–विस्थापन भएको ईसीमोडको अध्ययन प्रतिवेदन | चाडपर्व लक्षित सुरक्षाः सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुरसम्म परिचालन | साउदी विमानस्थलमा आक्रमणमा घाइते नेपाली खतरामुक्त, पक्राउ परेका पनि रिहा | दसैँका लागि १ लाख ३० हजारभन्दा बढीले लिए अग्रिम टिकट, घर फर्किनेको चाप बढ्यो |

संगीत, अभिनय र निर्देशनमा निशा रावलको नयाँ देउडा प्रस्तुति-‘मायाले दिएको फूल’

संगीत, अभिनय र निर्देशनमा निशा रावलको नयाँ देउडा प्रस्तुति-‘मायाले दिएको फूल’

काठमाडौं,  १८ जेठ । नेपाली सांगीतिक क्षेत्रलाई प्रेमिल र भावनात्मक स्पर्श दिने उद्देश्यका साथ नयाँ देउडा गीत ‘मायाले दिएको फूल’ ले विस्तारै बजार तताउदै गएकाे छ ।

चर्चित गायिका तथा सर्जक निशा रावल, गायक भुवन दाहाल र रेखा जोशीको स्वरमा सजिएको यो गीत निशा रावलको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको देउडा गीतले विस्तार बजार तताउन लागेकाे हाे ।

गीतमा शब्द र संगीत स्वयम् निशा रावलकै रहेको छ भने संगीत संयोजन, मिक्सिङ र मास्टरिङ बिजय थापाले गरेका छन्। बिसेस डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतले प्रेमको भावनालाई गहिरो रूपमा अभिव्यक्त गर्ने प्रयास गरेको छ।

गीतको भिडियो पनि उत्तिकै आकर्षक र कलात्मक बनेको छ। निर्देशन निशा रावलकै रहेको यस भिडियोमा उनले कलाकार लोकेन्द्र विष्टसँग अभिनय गरेकी छन्। हरिश महराले खिचेको भिडियोको सम्पादन तथा रंग संयोजन टेकेन्द्र शाहले गरेका हुन्। श्याम मल्लले मेकअपमा सहयोग गरेका छन् भने पोस्ट–प्रोडक्सन लाइमलाइट नेपालले सम्हालेको छ।

गीतको डिजिटल व्यवस्थापन स्मार्ट नेपाल मिडिया प्रा.लि. (अनामनगर, काठमाडौं) मार्फत गरिएको छ। गीत ‘मायाले दिएको फूल’ अहिले युट्युबमा हेर्न सकिनेछ। दर्शक तथा श्रोताहरूलाई यो नयाँ सिर्जनाले मन छुने विश्वास लिइएको छ।

 


Thali Mobile Pvt.Ltd.