काठमाडौं, १८ जेठ । नेपाली सांगीतिक क्षेत्रलाई प्रेमिल र भावनात्मक स्पर्श दिने उद्देश्यका साथ नयाँ देउडा गीत ‘मायाले दिएको फूल’ ले विस्तारै बजार तताउदै गएकाे छ ।
चर्चित गायिका तथा सर्जक निशा रावल, गायक भुवन दाहाल र रेखा जोशीको स्वरमा सजिएको यो गीत निशा रावलको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको देउडा गीतले विस्तार बजार तताउन लागेकाे हाे ।
गीतमा शब्द र संगीत स्वयम् निशा रावलकै रहेको छ भने संगीत संयोजन, मिक्सिङ र मास्टरिङ बिजय थापाले गरेका छन्। बिसेस डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतले प्रेमको भावनालाई गहिरो रूपमा अभिव्यक्त गर्ने प्रयास गरेको छ।
गीतको भिडियो पनि उत्तिकै आकर्षक र कलात्मक बनेको छ। निर्देशन निशा रावलकै रहेको यस भिडियोमा उनले कलाकार लोकेन्द्र विष्टसँग अभिनय गरेकी छन्। हरिश महराले खिचेको भिडियोको सम्पादन तथा रंग संयोजन टेकेन्द्र शाहले गरेका हुन्। श्याम मल्लले मेकअपमा सहयोग गरेका छन् भने पोस्ट–प्रोडक्सन लाइमलाइट नेपालले सम्हालेको छ।
गीतको डिजिटल व्यवस्थापन स्मार्ट नेपाल मिडिया प्रा.लि. (अनामनगर, काठमाडौं) मार्फत गरिएको छ। गीत ‘मायाले दिएको फूल’ अहिले युट्युबमा हेर्न सकिनेछ। दर्शक तथा श्रोताहरूलाई यो नयाँ सिर्जनाले मन छुने विश्वास लिइएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं, २७ असार । नेपाली नारीहरूको उत्सव तीज नजिकिँदै गर्दा, सांगीतिक र प्रभावशाली कृति ‘मधु’ सार्वजनिक भएकाे छ । गायिका हरिमाया कार्कीको मौलिक सिर्जनामा तयार भएको गीत हरिमाया कार्की...
काठमाडौं, २५ असार । लोकप्रिय देउडा शैलीमा आधारित नयाँ गीत “लाली पाउडर लाया जसी” सार्वजनिक भएको छ। गायक रोशन टमट्टा र गायिका संगीत बडुवालको आवाजमा सजिएको गीतले सुदूरपश्चिमको सांस्कृतिक...
काठमाडौं, ८ असार । नेपाली लोकसंगीतको सांगीतिक संसारमा नयाँ स्फूर्ति थप्दै, अनुभवी कलाकारहरूको समुहले “मेरो को छ र” नामक लोकगीत बजारमा ल्याएको छ। पूर्णकला बीसीको आधिकारिक युट्युब च्यानलमार्फत सबैका...
काठमाडौं, ७ असार । नेपाली सांगीतिक क्षेत्रका बहुप्रतिभाशाली कलाकार कृष्ण रेउलेको निर्देशन र प्रस्तुति रहेको दुईवटा फरक स्वाद र भाव बोकेका साङ्गीतिक कोसेलीहरु सार्वजनिक भएका छन्। सार्वजनिक भएका गीतहरू...