भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने | लगानीको शब्दबाट विश्व शक्तिको मोर्चासम्म : कसरी बदलिँदैछ ‘ब्रिक्स’को प्रभाव ? | बाढीले बगाएको देवीघाटको पुल पाँच दिनमै पुनर्निर्माण, सबै प्रकारका गाडी चल्न थाले | विदेशी लगानीकर्ताको रोजाइमा सूचना प्रविधि, ७२७ परियोजनामा लगानी प्रतिबद्धता | भोटेकोशी बाढीको असर : ५ जिल्लाका १५ पालिकामा १६ हजारभन्दा बढी घरधुरी प्रभावित | कंगोमा दुई विद्यालयमा भीषण आगलागी, भागदौडमा २९ विद्यार्थीको मृत्यु | रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ |

मेलम्चीमा बुढ्यौली कार्यक्रम तथा पोर्टेबल अल्ट्रासाउण्ड मेशिन हस्तान्तरण सम्पन्न

मेलम्चीमा बुढ्यौली कार्यक्रम तथा पोर्टेबल अल्ट्रासाउण्ड मेशिन हस्तान्तरण सम्पन्न

मेलम्ची, १६ जेठ । सिन्धुपाल्चोक मेलम्ची नगरपालिका वडा नं. ७ दुवाचाैरमा एकीकृत जनस्वास्थ्य तथा पोषण प्रवर्धन अभियान अन्तर्गत आयोजित बुढ्यौली कार्यक्रम तथा पोर्टेबल अल्ट्रासाउण्ड मेशिन हस्तान्तरण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रमको प्रमुख उद्देश्य स्वास्थ्य सेवाको पहुँच अभिवृद्धि गर्नुका साथै जेष्ठ नागरिक र गर्भवती महिलाहरूलाई लक्षित गरी सहज र प्रभावकारी सेवा प्रदान गर्नु रहेको आयोजकले जानकारी दिएका छन्। कार्यक्रममा सहभागी स्थानीयवासीले निःशुल्क स्वास्थ्य परीक्षण सेवा प्राप्त गरेका छन्।

कार्यक्रममा प्रमुख अतिथि पूर्व स्वास्थ्य मन्त्री शेरबहादुर तामाङ रहनुभएको थियो। त्यस्तै, बिशिष्ट अतिथि बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा, प्रदेश सभा सदस्य शकुन्तला श्रेष्ठ, स्वास्थ्य सचिव डा.सुमित्रा गौतम, मेलम्ची नगरपालिका उपप्रमुख उमा प्रधान, पूर्व जिल्ला समन्वय समिति प्रमुख कृष्ण गोपाल तामाङ, तथा मेलम्ची–७ का वडा अध्यक्ष पासाङ तामाङ लगायत व्यक्तिहरूको उपस्थिति रहकाे थियाे । 

बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री किरण थापाले प्रदेश सरकारले स्वास्थ्य पूर्वाधारमा थप लगानी गर्दै आएको र आगामी दिनमा अझै प्रभावकारी कार्यक्रम ल्याइने प्रतिबद्धता जनाउनुभयो। स्वास्थ्य शिविर अन्तर्गत रक्तचाप, मधुमेह, यौन तथा प्रजनन स्वास्थ्य, अल्ट्रासाउण्ड जाँच लगायतका सेवा निःशुल्क रूपमा प्रदान गरिएको थियो।

पोर्टेबल अल्ट्रासाउण्ड मेशिनको हस्तान्तरणले ग्रामीण भेगका स्वास्थ्य संस्था सशक्त बनाउने र मातृ तथा नवजात शिशु मृत्युदर घटाउने अपेक्षा गरिएको छ।

कार्यक्रम मेलम्ची नगरपालिकाको संयोजनमा तथा बागमती प्रदेश सरकार, स्वास्थ्य कार्यालय र स्थानीय स्वास्थ्य संस्था तथा सरोकारवालाको समन्वयमा सम्पन्न भएको हो। कार्यक्रममा वक्ताहरूले ग्रामीण भेगमा गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउन यस्ता कार्यक्रमहरूले महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए।

 


Thali Mobile Pvt.Ltd.