भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

सरकारविरुद्ध नेकपा एमाले निकट युवा संघद्वारा काठमाडौंको तीनकुनेमा प्रदर्शन

सरकारविरुद्ध नेकपा एमाले निकट युवा संघद्वारा काठमाडौंको तीनकुनेमा प्रदर्शन

काठमाडौं । सरकारविरुद्ध नेकपा एमाले निकट युवा संघले काठमाडौंको तीनकुनेमा प्रदर्शन गरेको छ । युवा संघका नेता कार्यकर्ताहरूले पार्टीको झण्डासहित तीनकुनेमा बिरोध प्रदर्शन गरेका हुन । भ्रष्टाचार, अपराध लगायतका बेथितिविरुद्ध नारा लेखिएका प्लेकार्डहरु बोकेर उनीहरुले बिरोध जनाएका छन् ।

प्रदर्शनमा नेकपा एमालेका नेता महेश बस्नेत लगायत युवासंघका नेता, कार्यकर्ताहरु सहभागि थिए । कार्यक्रममा सम्बाधन गर्दै गणतन्त्रमाथि औँला उठाउनेहरूलाई ठीक ठाउँमा ल्याउन आफूहरू प्रतिरोधमा उत्रेको नेकपा एमालेका नेता महेश बस्नेतले बताए । उनले गणतन्त्रमाथि औँला उठ्दा आफ्नो पार्टी अग्रपंक्तिमा प्रतिरोधमा उत्रने चेतावनी समेत दिए ।

‘गणतन्त्रमाथि प्रश्न उठेको वेलामा औँला ठड्याउनेहरूको औँला ठीक ठाउँमा ल्याउँछौँ भनेर हामी अगाडि आएका छौँ। हाम्रो अध्यक्षकै भाषामा भन्नुपर्दा सामान्यतः बाघको बघिनी आक्रामक हुँदिनँ। बाघ आक्रामक हुन्छ। आफ्नो डमरूमाथि अरूले आक्रमण गर्दा आक्रामक हुन्छिन्,’ बस्नेतले भने, ‘त्यसो हुनाले संघीय लोकतान्त्रिक गणतन्त्र भनेको नेपाली समाजले लामो समयदेखि ल्याएको व्यवस्था हो । यसमाथि आक्रमण हुँदा सबैभन्दा पहिले आक्रामक नेकपा एमाले हुन्छ।’ उनले भने ।

मुलुकमा बढ्दै गएको अराजकता र सरकारको निरीहताले देश नै असफलउन्मुख हुने अवस्थामा पुगेपछि युवा–विद्यार्थी आफ्नो दायित्व पूरा गर्न तमाम युवा र देशवासीमा उर्जा भर्न मैदानमा उत्रिनु परेको बस्नेतको भनाई छ । कार्यक्रममा एमाले निकट विभिन्न संगठनका प्रतिनिधिहरुले पनि आफ्नो धारणा राखेका थिए ।

 


Thali Mobile Pvt.Ltd.