भर्खरै : Sorry, your browser does not support inline SVG.
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते |

नेपालले अमेरिकालाई जित्नै पर्ने दवाव, दियो १६५ रनको लक्ष्य

नेपालले अमेरिकालाई जित्नै पर्ने दवाव, दियो १६५ रनको लक्ष्य

काठमाडौं । नेपालले अमेरिकालाई १६५ रनको लक्ष्य दिएको छ । टी २० सिरिजअन्तर्गत डालसको ग्रान्ड पिएरी रंगशालामा टस हारेर पहिले ब्याटिङ थालेको नेपालले २० ओभरमा ९ विकेट गुमाएर १६४ रन जोड्यो ।

नेपालका लागि कप्तान रोहित पौडेलले ४९ रन, दिपेन्द्र सिंह ऐरीले २८ रन, अनिल शाह र आशिफ शेखले २७र२७ रनको योगदान दिँदा गुलशन झाले ११ र कुशल भुर्तेलले १० रन जोडे ।बलिङतर्फ अमेरिकाका हरमित सिंह, जसदीप सिंह र शौरभ नेत्रभाल्करले २-२ विकेट लिए भने अलि खान र नोस्थुस केन्जिगेले १-१ विकेट लिए ।

आइसिसी एक दिवसीय विश्वकप लिग २ सिरिज खेल्न अमेरिका पुगेको नेपाली टोलीले सिरिजअघि अमेरिकासँग टी २० प्रतिस्पर्धा गरेको हो । टि २० अन्तर्गत नेपालले दोस्रो खेल आइतबार र तेस्रो खेल सोमबार हुनेछ । त्यसपछि आइसिसी एक दिवसीय विश्वकप लिग २ कात्तिक ९ देखि १९ गतेसम्म हुनेछ । एक दिवसीय त्रिकोणात्मक सिरिजमा आयोजक अमेरिका, नेपाल र स्कटल्यान्डले प्रतिस्पर्धा गर्दैछन् ।

 


Thali Mobile Pvt.Ltd.