भर्खरै : Sorry, your browser does not support inline SVG.
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते |

सात दिनभित्र लिखित जवाफ पेस गर्न बारका अध्यक्ष घिमिरेलाई आदेश

सात दिनभित्र लिखित जवाफ पेस गर्न बारका अध्यक्ष घिमिरेलाई आदेश

काठमाडौं । नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेविरुद्ध दर्ता भएको अदालतको अवहेलनासम्बन्धी मुद्दामा सात दिनभित्र लिखित जवाफ पेस गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।न्यायाधीशद्वय कुमार रेग्मी र डा. कुमार चुडालको संयुक्त इजलासले उक्त मुद्दामा प्रारम्भिक सुनुवाइ गर्दै म्याद सूचना पाएको मितिले सात दिनभित्र आफैँ वा आफ्नो कानुन बमोजिमको प्रतिनिधिमार्फत लिखित जवाफ पेस गर्न आदेश दिएको हो ।

“यसमा के कसो भएको हो ? निवेदकको माग बमोजिमको आदेश जारी हुनु नपर्ने कुनै आधार भए सबुद प्रमाणसहित म्याद सूचना पाएको मितिले बाटोका म्यादबाहेक सात दिनभित्र आफैँ वा आफ्नो कानुन बमोजिमको प्रतिनिधिमार्फत लिखितजवाफ पेस गर्नु ।”आदेशमा भनिएको छ । घिमिरेविरुद्ध सर्वोच्च अदालतका उपरजिस्ट्रार तथा सूचना अधिकारी गोविन्दप्रसाद घिमिरले अदालतको अवहेलनासम्बन्धी प्रतिवेदन पेस गरेका थिए ।

उक्त प्रतिवेदनमाथिको सुनुवाइपछि अदालतले कारण देखाउ आदेश जारी गर्दै लिखित जवाफ माग गरेको हो । उपरजिस्ट्रार तथा सूचना अधिकारी घिमिरले अदालतको अवहेलनासम्बन्धी पेश गरेको प्रतिवेदन फिर्ता लिने घोषणा गरेका थिए । तर उक्त प्रतिवेदनमाथि सुनुवाइ हुँदै आदेश जारी भएको हो ।

 


Thali Mobile Pvt.Ltd.