भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी

नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी

काठमाण्डौ, २२ साउन । नेपाल औषधि लिमिटेड २५ वर्षपछि फेरि नाफामा फर्किएको छ । आर्थिक वर्ष २०८१र८२ मा १० करोड रुपैयाँभन्दा बढी घाटामा रहेको संस्था आर्थिक वर्ष २०८२र८३ मा भने झण्डै ३ करोड रुपैयाँ नाफा कमाउन सफल भएको हो ।

संस्थाका महाप्रबन्धक कैलाशकुमार पनेरूका अनुसार गएको वर्ष विश्व स्वास्थ्य संगठनको गुड म्यानुफ्याक्चरिङ प्राक्टिस ९जीएमपी० मापदण्ड प्राप्त गरेपछि उत्पादन र बिक्री दुवै बढेका कारण संस्था नाफामा जान सफल भएको हो ।

उहाँले चालु आर्थिक वर्षमा ३० करोड रुपैयाँको कारोबार गर्ने लक्ष्य राखिएको पनि जानकारी दिनुभएको छ । जीएमपी प्रमाणपत्र प्राप्त गरेसँगै काठमाण्डौ महानगरपालिकासँग गरिएको सम्झौताले प्रदेश आपूर्ति व्यवस्थापन केन्द्र, पालिका र संघीय अस्पतालसम्म औषधि आपूर्ति विस्तार गर्न सहज भएको संस्थाको भनाइ छ ।

अहिले नेपाल औषधि लिमिटेडले ११ प्रकारका औषधि उत्पादन गरिरहेको छ । सरकारले विनियोजन गरेको २४ करोड रुपैयाँको बजेटबाट आवश्यक उपकरण र जनशक्ति थप गर्न सके २२ प्रकारका औषधि उत्पादन गर्न सकिने जनाइएको छ ।

आउँदो दुई महिनाभित्र मधुमेह, उच्च रक्तचाप, कोलेस्ट्रोल, आइरन–फोलिक एसिड, जुकाको औषधि तथा एजिथ्रोमाइसिनलगायत सरकारले निःशुल्क वितरण गर्ने अत्यावश्यक औषधि उत्पादन गरी बजारमा ल्याउने तयारी पनि भइरहेको छ ।

सरकारले पनि नेपाल औषधि लिमिटेडलाई प्राथमिकतामा राखेको छ । शासकीय सुधारका १०० बुँदे कार्यक्रममा आउँदो तीन वर्षभित्र ९८ प्रकारका निःशुल्क औषधि यही संस्थाबाट उत्पादन गर्ने लक्ष्य समावेश गरिएको छ । रासस

 


Thali Mobile Pvt.Ltd.