भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

घुस लिएको अभियोगमा नेपाल बैंकका पूर्वअध्यक्ष डा. अधिकारीसहित पाँच जनाविरुद्ध मुद्दा

घुस लिएको अभियोगमा नेपाल बैंकका पूर्वअध्यक्ष डा. अधिकारीसहित पाँच जनाविरुद्ध मुद्दा

काठमाडौँ, जेठ २७। नेपाल बैंक लिमिटेड सञ्चालक समितिका तत्कालीन अध्यक्ष डा. चन्द्रबहादुर अधिकारीसहित पाँच जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ।

आयोगका अनुसार डा. अधिकारीले बैंकबाट ऋण लिने प्रक्रिया सहज गरिदिने भन्दै घुस लिएको पुष्टि भएको छ। रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ स्थित भुसाल हस्पिटालिटी अन्तर्गतको एक परियोजनाबाट १ अर्ब ७७ करोड २९ लाख ८६ हजार ७ सय ६५ रुपैयाँको ऋण स्वीकृत गराउन डा. अधिकारीले १९ लाख रुपैयाँ घुस लिएको पाइएको हो।

यस मुद्दामा डा. अधिकारीसँगै नसिब अन्सारी, अमृत भुसाल, अंकित भुसाल र बालकृष्ण भुसालविरुद्ध पनि आयोगले समान बिगो माग दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिनुभयो।

त्यस्तै, तनहुँको आँबुखैरहनीस्थित अकला देवी ट्रेडर्सका सञ्चालकसँग डा. अधिकारीले ५० लाख रुपैयाँ घुस माग गरेको पाइएको छ। उक्त प्रकरणमा आयोगले डा. अधिकारीसहित नारायणप्रसाद बराल, दानबहादुर कार्की, सुन्दरबहादुर बानियाँ, सन्तोष सुवेदी र ‘लक्की खान’ भनेर चिनिने नसिब अन्सारीविरुद्ध पनि सोही रकम बराबरको बिगो माग गर्दै दोस्रो मुद्दा दायर गरेको छ।

तीनवटा फरक मुद्दामध्ये तेस्रो मुद्दा काठमाडौँ महानगरपालिका–३२ मा रहेको हिमाल तराई कन्स्ट्रक्सन प्रालिसँग सम्बन्धित छ। उक्त कम्पनीको ऋण प्रक्रियामा सहजीकरण गर्ने भन्दै डा. अधिकारीले पाँच लाख रुपैयाँ घुस लिएको पाइएको हो। यस मामिलामा आयोगले डा. अधिकारी र रमेश आचार्यविरुद्ध पाँच लाख बिगो माग गर्दै मुद्दा दायर गरेको हो।

अख्तियारले सबै अभियुक्तहरूलाई भ्रष्टाचार निवारण ऐनअनुसार कारबाही गर्न माग गरेको छ। आयोगले सार्वजनिक पदमा रहेकाहरूबाट बैंक तथा वित्तीय संस्थाको प्रक्रिया दुरुपयोग गर्दै घुस लिनेजस्ता गतिविधिमा कडाइ गर्ने जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.