भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

देशभर गर्मी बढ्यो, भोलिदेखि केही राहतको सम्भावना

देशभर गर्मी बढ्यो, भोलिदेखि केही राहतको सम्भावना

काठमाडौँ, जेठ २७। यस वर्ष सामान्यभन्दा झन्डै दुई हप्ता अघिनै मनसुन भित्रिए पनि सक्रिय नहुँदा देशभर तीव्र गर्मी महसुस गरिएको छ। पश्चिम नेपालमा तापक्रम ४० डिग्रीभन्दा माथि पुगेको छ भने तराई–मधेसका अधिकांश क्षेत्रमा लू चल्ने स्थिति देखिएको छ।

नेपालगञ्जमा हिजो देशकै सबैभन्दा उच्च तापक्रम ४१ डिग्री सेल्सियस मापन गरिएको छ। धनगढीमा ४०.२ र भैरहवामा ४० डिग्री सेल्सियस तापक्रम पुगेको छ। राजधानी काठमाडौंको तापक्रम पनि ३१.६ डिग्री सेल्सियस पुगेको छ।

पूर्वी नेपालको कोशी प्रदेशमा यद्यपि मनसुन केही दिनअघि भित्रिएको भए पनि सक्रिय नभएकाले वर्षा नहुँदा त्यहाँ पनि गर्मी बढेको छ। मौसमविद्हरूका अनुसार हालसम्म पश्चिम र मध्य नेपालमा मनसुन प्रवेश गर्न सकेको छैन।

मौसम पूर्वानुमान महाशाखाकी वरिष्ठ मौसमविद् शान्ति कँडेलका अनुसार देशभर मनसुन फैलिन अझै एक हप्ता लाग्न सक्ने अनुमान छ। यद्यपि आज कोशी र लुम्बिनी प्रदेश तथा केही पहाडी भेगमा आंशिकदेखि सामान्य बदलीको सम्भावना छ।

कँडेलका अनुसार भोलिबाट पानी पार्ने प्रणाली केही सक्रिय हुने संकेत देखिएको छ, जसले गर्दा गर्मीबाट अलिकति राहत मिल्न सक्छ। गर्मीको असर जनजीवनमा प्रत्यक्ष देखिन थालेको छ।

चिकित्सकहरूले अत्यधिक गर्मीका कारण रिङ्गटा लाग्ने, टाउको दुख्ने, ज्वरो आउने, आँखा पाक्नेजस्ता स्वास्थ्य समस्या हुन सक्ने चेतावनी दिएका छन्।स्वास्थ्यकर्मीहरूले आवश्यक नपरी दिउँसो घरबाहिर ननिस्कन, प्रशस्त पानी पिउन, छाताको प्रयोग गर्न र शीतल स्थानमा बस्न सल्लाह दिएका छन्।

 


Thali Mobile Pvt.Ltd.