भर्खरै : Sorry, your browser does not support inline SVG.
भक्तपुरका सातवटै खोप केन्द्रको अवस्था समेटिएको पुस्तिका प्रकाशन गर्न नगर प्रमुख प्रजापतिको सुझाव | सरदर समयभन्दा १२ दिन ढिलो नेपालबाट बाहिरियो यस वर्षको मनसुन | बिहारमा डुङ्गा दुर्घटना : १३ बालबालिकाको मृत्यु, मृतक परिवारलाई राहत घोषणा | प्रसारण लाइन मर्मतपछि मुस्ताङ र अन्नपूर्णमा विद्युत् आपूर्ति नियमित | भोटेकोशी बाढीअघि ४० सेन्टिमिटरसम्म भू–विस्थापन भएको ईसीमोडको अध्ययन प्रतिवेदन | चाडपर्व लक्षित सुरक्षाः सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुरसम्म परिचालन | साउदी विमानस्थलमा आक्रमणमा घाइते नेपाली खतरामुक्त, पक्राउ परेका पनि रिहा | दसैँका लागि १ लाख ३० हजारभन्दा बढीले लिए अग्रिम टिकट, घर फर्किनेको चाप बढ्यो |

नेपाल–भारतका विज्ञबीच कुखुरापालन व्यवसायमा सहकार्य र दिगोपनाबारे छलफल

नेपाल–भारतका विज्ञबीच कुखुरापालन व्यवसायमा सहकार्य र दिगोपनाबारे छलफल

 चितवन १६ जेठ । ‘सुदृढ पोल्ट्री उद्योग र दिगो विकास तथा आर्थिक सफलता’ विषयमा नेपाल र भारतका पोल्ट्री विज्ञबीच विशेष छलफल सम्पन्न भएको छ। नेपाल भेटेनरी पोल्ट्री एसोसिएसन र भारतको पोल्ट्री रिभ्यूको संयुक्त आयोजनामा आयोजित कार्यक्रममा दुबै देशका सात विज्ञहरूले कार्यपत्र प्रस्तुत गरे।

कृषि तथा वन विज्ञान विश्वविद्यालयका प्रा. डा. सुविर सिंहका अनुसार भारतबाट पाँच र नेपालबाट दुई विज्ञले आ–आफ्ना विषयमा प्रस्तुति दिएका थिए। नेपालको पोल्ट्री व्यवसायको अवसर र चुनौतीबारे डा. दिनेश गौतम र प्रा. डा. सिंहले कार्यपत्र प्रस्तुत गरे भने वातावरणमैत्री फिड प्रविधि, सङ्क्रामक रोग व्यवस्थापन, पानी व्यवस्थापन र प्रविधि प्रयोगसम्बन्धी विषयमा भारत र नेपालका अन्य विज्ञहरूले प्रस्तुति दिए।

कार्यक्रममा सीमावर्ती क्षेत्रमा देखिएको पोल्ट्रीजन्य व्यापार समस्या समाधान, नीति समन्वय, प्रविधि हस्तान्तरण तथा संयुक्त अनुसन्धानका सम्भावनाबारे समूहगत छलफलसमेत गरिएको थियो।

कार्यक्रममा पोल्ट्री महासङ्घ, पोल्ट्री इण्डिया, र कृषि तथा वन विज्ञान विश्वविद्यालयका प्रतिनिधिहरुको पनि सहभागिता रहेको थियो। प्रा. डा. सिंहका अनुसार, कार्यक्रममा प्रस्तुत कार्यपत्र र छलफलले नेपाल–भारत पोल्ट्री क्षेत्रमा अनुभव र ज्ञान आदानप्रदान गर्ने महत्त्वपूर्ण अवसर प्रदान गरेको छ।

 


Thali Mobile Pvt.Ltd.