भर्खरै : Sorry, your browser does not support inline SVG.
भक्तपुरका सातवटै खोप केन्द्रको अवस्था समेटिएको पुस्तिका प्रकाशन गर्न नगर प्रमुख प्रजापतिको सुझाव | सरदर समयभन्दा १२ दिन ढिलो नेपालबाट बाहिरियो यस वर्षको मनसुन | बिहारमा डुङ्गा दुर्घटना : १३ बालबालिकाको मृत्यु, मृतक परिवारलाई राहत घोषणा | प्रसारण लाइन मर्मतपछि मुस्ताङ र अन्नपूर्णमा विद्युत् आपूर्ति नियमित | भोटेकोशी बाढीअघि ४० सेन्टिमिटरसम्म भू–विस्थापन भएको ईसीमोडको अध्ययन प्रतिवेदन | चाडपर्व लक्षित सुरक्षाः सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुरसम्म परिचालन | साउदी विमानस्थलमा आक्रमणमा घाइते नेपाली खतरामुक्त, पक्राउ परेका पनि रिहा | दसैँका लागि १ लाख ३० हजारभन्दा बढीले लिए अग्रिम टिकट, घर फर्किनेको चाप बढ्यो |

बिच्छिको टोकाइले बालिकाको मृत्यु, समयमै उपचार नपाएर ज्यान गयो

बिच्छिको टोकाइले बालिकाको मृत्यु, समयमै उपचार नपाएर ज्यान गयो

हेटौंडा, १६ जेठ। मकवानपुरको बकैया गाउँपालिका–७ मैनाटारमा बिच्छिको टोकाइबाट ८ वर्षीया बालिकाको ज्यान गएको छ। स्थानीय वीरबहादुर वाइवाकी छोरी अस्मिता वाइवाको बुधबार साँझ आफ्नै घरमा नुहाइसकेपछि कपडा बदल्ने क्रममा बिच्छिले टोकेको थियो।

घाइते बालिकालाई तत्कालै अस्पताल नपुर्‍याउँदा अवस्था जटिल बन्दै गयो। टोकेको करिब २० घण्टा पछि मात्र दिउँसो २ बजेतिर सास फेर्न गाह्रो भएपछि उनलाई हेटौंडा अस्पताल ल्याइएको थियो। तर, उपचारका क्रममा राति ८ बजे चिकित्सकले अस्मितालाई मृत घोषणा गरे।

घटनाको जानकारीपछि प्रहरी चौकी हात्तिसुडेबाट प्रहरी नायब निरीक्षक जनक बहादुर तामाङको नेतृत्वमा टोली खटिएको छ र थप अनुसन्धान भइरहेको जनाइएको छ। हाल बालिकाको शव हेटौंडा अस्पतालमै राखिएको छ।

 


Thali Mobile Pvt.Ltd.