भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

पहिलो महिनामै १ खर्ब १९ अर्बको व्यापार घाटा, आयात बढ्दा निर्यातले समेत मार्‍याे फड्को

पहिलो महिनामै १ खर्ब १९ अर्बको व्यापार घाटा, आयात बढ्दा निर्यातले समेत मार्‍याे फड्को

काठमाण्डौ, ३१ भदौ । चालू आर्थिक वर्ष २०८१/८२ को पहिलो महिनामा नेपालले १ खर्ब १९ अर्ब ११ करोड रुपैयाँ बराबरको व्यापार घाटा बेहोरेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार गत साउन महिनामा व्यापार घाटा अघिल्लो वर्षको सोही अवधिभन्दा २.५ प्रतिशतले बढेको हो ।

यस अवधिमा कुल वस्तु आयात ११.४ प्रतिशतले बढेर १ खर्ब ४३ अर्ब ४ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही महिनामा भने आयातमा ०.६ प्रतिशतले कमी आएको थियो । यस्तै, साउन महिनामा निर्यात पनि उल्लेख्य रूपमा बढेको छ ।

कुल वस्तु निर्यात ९५.७ प्रतिशतले बढेर २३ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष सोही अवधिमा निर्यात ९.६ प्रतिशतले घटेको थियो । वस्तुगत आधारमा भटमासको तेल, पाम तेल, पोलिस्टर धागो, अलैँची, जुटका सामानको निर्यात बढेको छ भने जिङ्क सिट, पार्टिकल बोर्ड, ऊनी गलैँचा, पिना र चियाको निर्यात घटेको राष्ट्र बैंकले जनाएको छ ।

नेपालको आयात वृद्धिसँगै निर्यातमा पनि फड्को मारिए तापनि आयात–निर्यातको ठूलो अन्तरका कारण व्यापार घाटा अझै उच्च स्तरमै कायम रहेको देखिन्छ ।

 


Thali Mobile Pvt.Ltd.