भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

एक महिनामै अध्ययनका लागि विदेशियो १४ अर्ब ३१ करोड रुपैयाँ

एक महिनामै अध्ययनका लागि विदेशियो १४ अर्ब ३१ करोड रुपैयाँ

मुख्य बुँदा

चालू आर्थिक वर्षको पहिलो महिनामा मात्रै अध्ययनका लागि १४ अर्ब ३१ करोड रुपैयाँ विदेश गएको ।

अघिल्लो वर्ष सोही अवधिमा यो खर्च १४ अर्ब ९६ करोड रुपैयाँ थियो ।

खर्च अलिकति घटे पनि विदेशिने विद्यार्थीको संख्या अझै उच्च ।

देशमै विश्वविद्यालय, कलेज रहे पनि गुणस्तर र विश्वासप्रतिको प्रश्न उठ्दै ।

शिक्षातर्फको वैदेशिक खर्चले देशको विदेशी मुद्रा भण्डारमा दबाब थपिने अवस्था ।

काठमाण्डौ, ३१ भदौ । देशमै सुविधा सम्पन्न विश्वविद्यालय र कलेज रहे पनि अध्ययनका लागि विदेशिने क्रम अझै घटेको छैन । चालू आर्थिक वर्षको पहिलो महिनामा मात्रै नेपालीहरूले १४ अर्ब ३१ करोड रुपैयाँ बराबरको रकम अध्ययनका लागि विदेशमा खर्च गरेका छन् ।

नेपाल राष्ट्र बैंकले हिजो सार्वजनिक गरेको विवरणअनुसार यो खर्च अघिल्लो वर्षको सोही अवधिभन्दा थोरै कम हो । अघिल्लो आर्थिक वर्षको पहिलो महिनामा १४ अर्ब ९६ करोड रुपैयाँ शिक्षातर्फ व्यय भएको थियो ।

शिक्षातर्फको व्ययमा थोरै कमी भए पनि नेपालबाट विदेशमा अध्ययन गर्न जाने विद्यार्थीको संख्या उच्च नै रहँदै आएको देखिन्छ । यसले भित्रै शैक्षिक संस्थाको गुणस्तर र विश्वासप्रतिको प्रश्न पनि खडा गरेको सरोकारवालाहरू बताउँछन् ।

 


Thali Mobile Pvt.Ltd.