भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

भृकुटीदेखि आधुनिक कूटनीति सम्म: नेपाल–चीन सम्बन्ध ७० वर्षमा

भृकुटीदेखि आधुनिक कूटनीति सम्म: नेपाल–चीन सम्बन्ध ७० वर्षमा

काठमाडौँ,  १६ साउन । नेपाल र चीनबीचको औपचारिक कूटनीतिक सम्बन्ध आजदेखि ७० औँ वर्षमा प्रवेश गरेको छ। काठमाडौँ र बेइजिङमा विविध कार्यक्रमहरू आयोजना गर्दै दुई देशबीचको कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वार्षिकोत्सव मनाइँदै छ।

अनौपचारिक रूपमा तिब्बती राजा स्रोङ्चन गम्पोसँग लिच्छविकालीन नेपाली राजकुमारी भृकुटीको विवाहबाट सुरु भएको ऐतिहासिक सम्बन्ध आधुनिक युगमा झन् प्रगाढ बन्दै गएको छ। सन् १९४९ मा चीन जनगणतन्त्र स्थापना भएपछि सन् १९५५ अगष्ट १ मा नेपाल–चीनबीच औपचारिक कूटनीतिक सम्बन्ध स्थापना भएको थियो।

नेपालका लागि चीनका पूर्वराजदूत राजेश्वर आचार्यका अनुसार, पारस्परिक सम्मान, शान्तिपूर्ण सहअस्तित्व, भौगोलिक अखण्डता, सम्प्रभुता र अहस्तक्षेपका सिद्धान्तमा आधारित नेपाल–चीन सम्बन्धलाई दुवै मुलुकले उच्च प्राथमिकता दिँदै आएका छन्। दुवै मुलुकका शीर्ष नेतृत्व यस सम्बन्धलाई अझ सुदृढ बनाउने प्रयासमा क्रियाशील छन्।

चीन राष्ट्रसङ्घीय सुरक्षा परिषद्को स्थायी सदस्यको हैसियतले विश्व राजनीतिमा निर्णायक भूमिका निर्वाह गर्दै आएको छ। चीनले विधिमा आधारित विश्व शासन प्रणाली, अन्तर्राष्ट्रिय शान्ति सुरक्षा तथा साझा भविष्य निर्माणका लागि सहकार्यमा जोड दिँदै आएको छ।

पूर्वराजदूत आचार्य भन्छन्, “विश्वशक्ति राष्ट्र बनेको चीनले हासिल गरेको विकासबाट नेपालले बढीभन्दा बढी लाभ उठाई समृद्धिको दिशामा अघि बढ्नुपर्ने आवश्यकता छ।”

यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओली आज साँझ नेपालका लागि चीनका राजदूत छेन सङले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.