भर्खरै : Sorry, your browser does not support inline SVG.
स्वास्थ्य मन्त्रालयमा यौन दुर्व्यवहारविरुद्ध कडा आचारसंहिता, उजुरी परेको ७ दिनभित्र छानबिन गर्नुपर्ने | घुस लिएको भिडियो सार्वजनिक भएपछि बाँकेका दुई ट्राफिक प्रहरी निलम्बित | दूधको मूल्य प्रतिलिटर ८० रुपैयाँ पुर्‍याउन किसानको माग, उत्पादन लागत बढेको गुनासो | बोडेको होल्डिङ सेन्टरमा सुकुमबासीलाई खाना खान रोक, सडकमै बसेर भोजन गर्न बाध्य | न्युजिल्यान्डमा त्रिशङ्कु संसद् : सरकार बनाउन प्रधानमन्त्री लक्सनलाई सात सिटे दलको साथ चाहिने | रविपछि राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रधानमन्त्री बालेन, भारत भ्रमणबारे दिए जानकारी | पूर्वमन्त्री मातृका यादवका नाति ठगी आरोपमा पक्राउ, १३ लाख ७० हजारभन्दा बढी रकम लिएको जाहेरी | अमेरिकामा शक्तिशाली आँधीको वितण्डा : ९ लाखभन्दा बढी घरमा विद्युत् अवरुद्ध, हजारौँ उडान प्रभावित |

गाजा युद्धमा मृत्यु र भोकमरीको दोहोरो मार, मृतकको सङ्ख्या ६० हजार बढी

गाजा युद्धमा मृत्यु र भोकमरीको दोहोरो मार, मृतकको सङ्ख्या ६० हजार बढी

मुख्य बुँदा:

पछिल्लो २४ घण्टामा गाजामा १०४ जनाको मृत्यु, ३९९ घाइते

हालसम्मको मृतक सङ्ख्या ६०,१३८ पुगेको हमासको स्वास्थ्य मन्त्रालयको दाबी

१ लाख ४६ हजारभन्दा बढी घाइते, कैयौँको अवस्था गम्भीर

उद्धार टोली भग्नावशेषमा पुग्न नसक्दा शवहरू अझै पुरिएका छन्

कुपोषणका कारण हालसम्म १५४ जनाको मृत्यु, तीमध्ये ८९ बालबालिका

काठमाडौँ, १५ साउन । गाजामा जारी इजरायली आक्रमणबाट पछिल्लो २४ घण्टामा कम्तीमा १०४ जनाको मृत्यु भएको छ भने ३९९ जना घाइते भएका छन्।

हमासको सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म इजरायली आक्रमणमा परी कुल ६० हजार १३८ जनाको ज्यान गइसकेको छ। युद्धको कारण १ लाख ४६ हजारभन्दा बढी मानिस घाइते भएका छन्।

मन्त्रालयले जनाएअनुसार अझै पनि कैयौँ शव भग्नावशेषमा पुरिएका छन् र धेरैजसो घाइते सडकमा उपचारविहीन अवस्थामा छन्, जहाँ एम्बुलेन्स वा उद्धार टोलीहरू पुग्न सकेका छैनन्।

त्यस्तै, कुपोषणका कारण पछिल्लो समय थप ७ जनाको मृत्यु भएको बताइएको छ। यससँगै भोकमरीका कारण ज्यान गुमाउनेको सङ्ख्या १५४ पुगेको छ, जसमा ८९ जना बालबालिका छन्।

गाजाको स्वास्थ्य व्यवस्था पूर्ण रूपमा ध्वस्त अवस्थामा पुगेको र मानवीय सहायता नपुग्दा मृत्यु सङ्ख्या अझ बढ्ने अनुमान गरिएको छ।

 


Thali Mobile Pvt.Ltd.