भर्खरै : Sorry, your browser does not support inline SVG.
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सुरु, विश्वका प्रमुख चुनौतीमा सहकार्यको आह्वान | भोटेकोशी बाढी : ५ हजार १३२ जना अझै सम्पर्कविहीन, मृतकको सङ्ख्या १ हजार ३६७ पुग्यो | भारतमा महिलाको पेटबाट १३ कलम, ५ चम्चा र मैनबत्ती निकालियो | शहीदका सालिकप्रति परिवारजनको आपत्ति, जेनजी स्मृति पार्क उद्घाटन नगरी फर्किए गृहमन्त्री | डढेलो र अत्यधिक गर्मीले विश्वभर वायु प्रदूषणको जोखिम बढाउँदै, स्वास्थ्यमा गम्भीर असरको चेतावनी | रसुवा बाढीबाट सिक्नुपर्ने पाठ | बागमती नदीमा जलसतह सतर्कता तह पार, आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह | भोटेकोशी बाढी : १ हजार ३६४ जनाको शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता |

आर्थिक वृद्धिदर ३.५ प्रतिशतमा सीमित रहने सरकारी प्रक्षेपण

आर्थिक वृद्धिदर ३.५ प्रतिशतमा सीमित रहने सरकारी प्रक्षेपण

काठमाडौँ । सरकारले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण सार्वजनिक गरेको छ । बजेटको अर्धवार्षिक समीक्षामार्फत यसअघिको ६ प्रतिशत वृद्धिदरको अनुमान संशोधन गर्दै नयाँ प्रक्षेपण गरिएको हो ।

चालु आर्थिक वर्षका लागि कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को वार्षिक वृद्धिदर ६ प्रतिशत रहने अनुमान गरिएको थियो । तर धान उत्पादनमा आएको कमी , निर्माण क्षेत्रमा देखिएको सुस्तता तथा घरजग्गा कारोबारमा आएको गिरावटका कारण आर्थिक वृद्धिदर ३.५ प्रतिशतमा खुम्चिने निष्कर्ष निकालिएको हो । गत आर्थिक वर्षमा भने जीडीपी वृद्धिदर ४.६ प्रतिशत रहेको अनुमान छ ।

अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदनअनुसार चालु आवको प्रथम त्रैमासमा आधारभूत मूल्यमा जीडीपी ३ प्रतिशतले वृद्धि भएको प्रारम्भिक अनुमान छ । गत आवको सोही अवधिमा यस्तो वृद्धि २.९ प्रतिशत रहेको संशोधित अनुमान गरिएको थियो ।

चालु आवको पहिलो त्रैमासमा कृषि क्षेत्रको कुल मूल्य अभिवृद्धि १.३६ प्रतिशतले विस्तार हुने अनुमान छ । धान उत्पादन घट्ने भए पनि पशुपन्छी , तरकारी तथा फलफूल उत्पादनमा वृद्धि हुने अपेक्षाका आधारमा कृषि क्षेत्रको वृद्धिदर तुलनात्मक रूपमा न्यून रहने आकलन गरिएको छ । मकै , कोदो , फापरलगायत खाद्यान्न बालीको उत्पादन भने बढ्ने अनुमान गरिएको छ । गत आवमा खाद्यान्न बालीको उत्पादन २.६७ प्रतिशत र नगदेबालीको उत्पादन २.०१ प्रतिशतले बढेको थियो ।

उद्योग क्षेत्रतर्फ पहिलो त्रैमासमा कुल मूल्य अभिवृद्धि ५.४४ प्रतिशतले विस्तार हुने अनुमान छ । ऊर्जा तथा निर्माण क्षेत्रका गतिविधिमा वृद्धि हुँदा उद्योग क्षेत्रमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ । उत्पादनमूलक उद्योगको मूल्य अभिवृद्धि १.५२ प्रतिशतले बढ्ने अनुमान छ ।

सेवा क्षेत्रको कुल मूल्य अभिवृद्धि पहिलो त्रैमासमा ३.०३ प्रतिशतले विस्तार हुने अनुमान गरिएको छ । थोक तथा खुद्रा व्यापार , वित्तीय मध्यस्थता , सामान्य प्रशासन तथा रक्षा , पर्यटन तथा व्यक्तिगत सेवाका गतिविधिमा सुधार देखिएकाले सेवा क्षेत्रमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ ।

बजेट मध्यावधि समीक्षा प्रतिवेदनअनुसार चालु आवको पहिलो छ महिनाको औसत मुद्रास्फीति १.७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा मुद्रास्फीति ४.९७ प्रतिशत थियो ।

 


Thali Mobile Pvt.Ltd.